0 Days
:
00 Hrs
:
00 Min
:
00 Sec
To
GO!
+
+
Shares

च्याटजीपीटीमा थपियाे ‘लकडाउन माेड’ फिचर, कसरी एक्टिभ गर्ने ?

यो फिचर विशेष गरी बैंक, सरकारी कार्यालय वा ठूला कम्पनी जस्ता गोप्य र महत्त्वपूर्ण विवरणको काम गर्नेहरूका लागि बनाइएको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ २५ गते १८:०९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • ओपनएआईले प्रयोगकर्ताको डाटा सुरक्षित राख्न र साइबर आक्रमणबाट जोगाउन च्याटजीपीटीमा 'लकडाउन मोड' नामक नयाँ सुरक्षा फिचर ल्याएको छ ।
  • यो मोड अन गरेपछि च्याटजीपीटीले इन्टरनेटमा सिधै 'लाइभ' कुराहरू खोज्न बन्द गर्छ र बाहिरी फाइलहरू आफैं डाउनलोड गर्दैन ।
  • कम्पनीका अनुसार यो फिचरले १०० प्रतिशत सुरक्षाको ग्यारेन्टी नदिए पनि डाटा चोरी हुने जोखिमलाई निकै कम गर्छ ।

२५ जेठ, काठमाडौं । च्याटजीपीटी बनाउने कम्पनी ओपनएआईले प्रयोगकर्ताको डाटा सुरक्षित राख्न ‘लकडाउन मोड’ नयाँ सुरक्षा फिचर ल्याएको छ ।

यो फिचर विशेष गरी बैंक, सरकारी कार्यालय वा ठूला कम्पनी जस्ता गोप्य र महत्त्वपूर्ण विवरणको काम गर्नेहरूका लागि बनाइएको हो ।

इन्टरनेटका वेबसाइट वा पीडीएफ फाइलहरूमा लुकाएर राखिएका प्रम्प्ट इन्जेक्सनले एआईलाई झुक्याउन सक्छन् ।

प्रम्प्ट इन्जेक्सन भनेकाे इन्टरनेटका वेबसाइट वा फाइलहरूमा लुकाएर राखिएका त्यस्ता गलत कमान्डहरू हुन्, जसले एआईलाई झुक्याएर तपाईंको गोप्य डाटा चोर्न सक्छन् । यस्तो हुँदा प्रयोगकर्ताको गोप्य जानकारी चोरी हुने डर हुन्छ ।

त्यसैले यसबाट जाेगिन लकडाउन मोड यसले ल्याएकाे हाे । एआईलाई त्यस्ता साइबर आक्रमण र डाटा चोरी हुनबाट यसले जोगाउँछ।

यो मोड अन गरेपछि च्याटजीपीटीले इन्टरनेटमा सिधै ‘लाइभ’ कुराहरू खोज्न बन्द गर्छ । यसले पहिले नै सेभ भइसकेका पुराना सामग्री मात्र हेर्न सक्छ । सुरक्षाका लागि यसले इन्टरनेटबाट नयाँ तस्बिरहरू तान्न र बाहिरी फाइलहरू आफैं डाउनलोड गर्न पनि सक्दैन ।

तर प्रयोगकर्ता आफैंले फोटो वा फाइल अपलोड गर्न र नयाँ तस्बिर बनाउन भने मिल्छ । यो मोड खुला रहँदा च्याटजीपीटीका एड्भान्स फिचरहरू जस्तै– डिप रिसर्च, एजेन्ट मोड र डेभलपर मोडहरू पूर्ण रूपमा बन्द हुन्छन् ।

कसरी प्रयाेग गर्ने ?

यो फिचर साधारण प्रयोगकर्तादेखि बिजनेस अकाउन्ट भएका सबैका लागि उपलब्ध छ । यसलाई चलाउन च्याटजीपीटीको सेटिङमा गएर सेफ्टी एन्ड सेक्युरिटी भित्र रहेको लकडाउन माेडलाई अन गर्नुपर्छ ।

आवश्यक परेमा कुनै एउटा कुराकानी (निश्चित च्याट) का लागि मात्र यसलाई अस्थायी रूपमा बन्द गर्न पनि मिल्छ ।

कम्पनीका अनुसार याे पिचरले १०० प्रतिशत सुरक्षाको ग्यारेन्टी नदिए पनि डाटा चोरी हुने जोखिमलाई निकै कम गर्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?