News Summary
Generated by OK AI. Editorially reviewed.- कास्कीको पोखरास्थित गण्डकी अस्पतालबाट निजामती कर्मचारीहरूले स्वास्थ्य उपचार सेवा पाउने भएका छन् ।
- सामान्य प्रशासन मन्त्रालयले निजामती कर्मचारी अस्पतालको सेवा प्रदेशस्तरमा विस्तार गर्ने नीति लिएको छ ।
- भरतपुर र नारायणी अस्पतालबाट आजैदेखि निजामती कर्मचारीहरूका लागि स्वास्थ्य सेवा शुरू भएको छ ।
२५ जेठ, काठमाडौं। कास्कीको पोखरास्थित गण्डकी अस्पतालबाट पनि निजामती कर्मचारीहरूले स्वास्थ्य उपचार सेवा पाउने भएका छन् । निजामती कर्मचारी अस्पताल (सिभिल अस्पताल, काठमाडौँ) ले उपलब्ध गराउने सेवाहरू निजामती कर्मचारीहरूले गण्डकी अस्पतालबाट पनि पाउने भएका हुन् ।
भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले निजामती कर्मचारी अस्पतालको सेवा प्रदेशस्तरसम्म विस्तार गर्ने नीति अनुसार प्रदेश अस्पतालहरूबाटै कर्मचारीलाई स्वास्थ्य सेवा उपलब्ध गराउन लागेको हो ।
मधेश प्रदेशका लागि नारायणी अस्पताल, वीरगञ्ज (पर्सा) र बागमती प्रदेशका लागि भरतपुर अस्पताल, चितवनसँग यसअघि नै सम्झौता भएको छ । उक्त दुवै अस्पतालबाट आजदेखि निजामती कर्मचारी स्वास्थ्य सेवा सञ्चालनमा आएको मन्त्रालयले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4