+
+
Shares

लामो बिदामा रहेका कर्मचारीलाई तीन दिनभित्र हाजिर हुन आह्वान

रासस रासस
२०८३ जेठ २२ गते १३:३४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सम्पर्कविहीन निजामती कर्मचारीहरूलाई तीन दिनभित्र हाजिर हुन वा अभिलेख अद्यावधिक गर्न निर्देशन दिएको छ ।
  • तोकिएको समय सीमाभित्र हाजिर नभए वा बिदाको विवरण अद्यावधिक नगरे कर्मचारीहरूलाई कारबाही प्रक्रिया अगाडि बढाइने मन्त्रालयले चेतावनी दिएको छ ।

२२ जेठ, काठमाडौं । भूमि व्यवस्था, सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सम्पर्कबिहीन निजामती कर्मचारीलाई आगामी तीन दिनभित्र हाजिर हुन आह्वान गर्दै त्यसो नगरे कारबाही प्रक्रिया अघि बढाउने चेतावनी दिएको छ ।

उक्त मन्त्रालयले आज एक सूचना जारी गरी अध्ययन बिदा तथा असाधारण बिदासम्बन्धी अभिलेख राष्ट्रिय किताबखाना (निजामती) मा अद्यावधिक नभएका कर्मचारीलाई तीन दिनभित्रमा अनिवार्य रूपमा आफ्नो अभिलेख अद्यावधिक गराउन आह्वान गरेको हो ।

नेपाल सरकारका मन्त्रालय, आयोग, सचिवालय तथा केन्द्रीयस्तरका कार्यालयलाई आफ्नो निकायबाट विभिन्न समयमा अध्ययन बिदा वा असाधारण बिदा स्वीकृत भएका कर्मचारीको विवरण, बिदा अवधि समाप्तिपछि कर्मचारी हाजिर भए वा नभएको तथा अन्य विवरण राष्ट्रिय किताबखाना (निजामती) सँग समन्वय गरी यकिन गर्न र तीन दिनभित्र अभिलेख अद्यावधिक गराउन सूचनामा अनुरोध गरिएको छ ।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?