News Summary
Generated by OK AI. Editorially reviewed.- निजामती कर्मचारीहरूले अब आफ्ना विवरण अनलाइनबाट हेर्न तथा अद्यावधिक गर्नसक्ने भएका छन्।
- राष्ट्रिय किताब खानाले बुधबारदेखि सबै सेवाहरू अनलाइन प्रणालीमार्फत सञ्चालनमा ल्याएको छ।
- सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले अनुगमन गरी प्रविधिमैत्री सेवा प्रभावकारी बनाउन निर्देशन दिएकी छिन्।
१६ वैशाख, काठमाडौं । निजामती कर्मचारीहरूले अब आफ्ना विवरण अनलाइनबाटै हेर्न तथा अद्यावधिक गर्नसक्ने भएका छन् ।
बुधबारबाट सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अन्तर्गतको राष्ट्रिय किताब खाना (निजामती) ले आफ्ना सबै सेवाहरू अनलाइन प्रणालीमार्फत सञ्चालनमा ल्याएको छ ।
यो सँगै अब सेवाग्राही तथा सम्बन्धित कर्मचारीहरूले निजामती सम्बन्धी सेवाका लागि विभागमा भौतिक रूपमा उपस्थित हुनुपर्ने छैन ।
अनलाइन मार्फत सिट रोल दर्ता, व्यक्तिगत विवरण अद्यावधिक जस्ता सेवाहरू आफ्नै स्थानबाट सेवा लिन सकिने किताबखानाले जनाएको छ ।
आजदेखि पूर्ण रूपमा डिजिटल सेवा दिन सुरु गरेको किताब खानामा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले अनुगमन समेत गरेकी थिइन् ।
अनुगमनपछि मन्त्री रावलले प्रविधिमैत्री सेवालाई अझ प्रभावकारी र गुनासोरहित बनाउन निर्देशन दिएकी छिन् ।
प्रतिक्रिया 4