News Summary
Generated by OK AI. Editorially reviewed.- रुद्र–गौरी श्री–अम्बिका ओली प्रतिष्ठानले ५ लाख रुपैयाँ राशिको प्रज्ञा पुरस्कार प्राध्यापक डा. सुरेशराज शर्मा र राष्ट्रिय आविष्कार केन्द्रलाई प्रदान गर्ने भएको छ।
- १ लाख १ हजार १११ रुपैयाँ राशिको कृषि पुरस्कार संयुक्त रूपमा एग्रो मनाङ प्रालि र कृषि विज्ञ चुटराज गुरुङलाई प्रदान गरिने भएको छ।
- प्रतिष्ठानले घोषणा गरेका यी पुरस्कारहरू आगामी ३० जेठमा आयोजना हुने एक विशेष समारोहमा वितरण गरिने जनाएको छ।
२५ जेठ, काठमाडौं । रुद्र–गौरी श्री–अम्बिका ओली प्रतिष्ठानले वर्ष २०८२ का लागि प्रदान गरिने विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मान तथा पुरस्कारका विजेताहरूको घोषणा गरेको छ ।
यस वर्षको ‘श्रीप्रसाद ओली स्मृति राष्ट्रिय/अन्तर्राष्ट्रिय प्रज्ञा पुरस्कार’ (राशि ५ लाख रुपैयाँ) संयुक्त रूपमा प्राध्यापक डा. सुरेशराज शर्मा र राष्ट्रिय आविष्कार केन्द्र लाई प्रदान गर्ने निर्णय गरिएको छ।
डा. शर्मालाई नेपालको प्राविधिक, व्यावसायिक तथा उच्च शिक्षाको विकासमा पुर्याएको दीर्घकालीन योगदानका लागि सम्मान गर्न लागिएको हो भने राष्ट्रिय आविष्कार केन्द्रलाई नवप्रवर्तन, अनुसन्धान तथा प्रविधि विकासमा पुर्याएको योगदानको कदरस्वरूप पुरस्कृत गर्न लागिएको प्रतिष्ठानले जनाएको छ ।
‘रुद्रप्रसाद ओली स्मृति राष्ट्रिय कृषि पुरस्कार’ (राशि १ लाख १ हजार १११ रुपैयाँ) संयुक्त रूपमा एग्रो मनाङ प्रालि र कृषि विज्ञ चुटराज गुरुङ लाई प्रदान गरिने भएको छ ।
एग्रो मनाङ प्रालिलाई उच्च घनत्वको स्याउ उत्पादनमार्फत कृषि क्षेत्रको आधुनिकीकरण, रोजगारी सिर्जना तथा आयात प्रतिस्थापनमा योगदान पुर्याएको भन्दै सम्मान गर्न लागिएको हो ।
कृषि विज्ञ गुरुङलाई फलफूल तथा बागवानी क्षेत्रमा अध्ययन, अनुसन्धान र जनशक्ति विकासमा योगदान पुर्याएको आधारमा पुरस्कृत गरिने भएको छ।
प्रतिष्ठानले सोमबार जारी गरेको विज्ञप्तिअनुसार आगामी जेठ ३० गते आयोजित विशेष समारोहमा पुरस्कार तथा सम्मान प्रदान गरिनेछ।
प्रतिक्रिया 4