0 Days
:
00 Hrs
:
00 Min
:
00 Sec
To
GO!
+
+
Shares

आयल निगममा निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी दीपक बराललाई

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ २५ गते १८:५६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले नेपाल आयल निगमको निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी दीपक बराललाई तोकेको छ ।
  • अघिल्लो साता नागेन्द्र साहले अवकाश पाएपछि रिक्त भएको उक्त पदमा हालका उपप्रबन्ध निर्देशक बराललाई ल्याइएको हो ।

२५ जेठ, काठमाडौं । नेपाल आयल निगमको निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी दीपक बरालले सम्हाल्ने भएका छन् ।

अघिल्लो साता नागेन्द्र साहले सेवाबाट अवकाश पाएपछि रिक्त रहेको उक्त पदमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले बराललाई ल्याएको हो । अर्को व्यवस्था नहुँदासम्मका लागि उनलाई यो जिम्मेवारी तोकिएको छ ।

मन्त्रालयले आज सोमबार पत्र पठाएर बराललाई निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी दिएको निगमका प्रवक्ता मनोज ठाकुरले जानकारी दिए । यसअघि चण्डिका भट्टले पदबाट राजीनामा दिएपछि साहले निमित्त प्रमुखको रूपमा निगमको नेतृत्व सम्हालेका थिए ।

साहको अवकाशसँगै निगमको नेतृत्व सम्हाल्न आइपुगेका बराल हाल निगममै नायब कार्यकारी निर्देशकको भूमिकामा छन् । बरालसँग निगमको प्रशासनिक र प्राविधिक दुवै क्षेत्रमा काम गरेको लामो अनुभव छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?