+
+
Shares

एआई युगको सुरुवातसँगै गुगल सर्चबाट ब्लू लिंकहरू हराउँदै

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ ११ गते १६:२७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • गुगलले आफ्नो सर्च इन्जिनमा २५ वर्षयताकै सबैभन्दा ठूलो फेरबदल गर्दै नीलो लिङ्कको सट्टा एआई निर्मित सिधा उत्तरलाई प्राथमिकता दिएको छ।
  • विभिन्न सर्वेक्षणहरूका अनुसार ठूला प्रविधि कम्पनीहरूप्रति उपभोक्ताहरूको विश्वास र सकारात्मक दृष्टिकोण पछिल्ला वर्षहरूमा निरन्तर रूपमा घट्दै गएको छ।
  • भविष्यको व्यावसायिक मोडेल स्पष्ट नभए पनि गुगल र मेटा जस्ता ठूला कम्पनीहरूले आफ्ना स्थापित उत्पादनहरूमा तीव्र रूपमा एआई प्रविधि मिसाउन थालेका छन्।

गुगलले यसै हप्ता आफ्नो सर्च बारमा ठूलो फेरबदल गरेको छ । पहिले मानिसहरू इन्टरनेटलाई एक सशक्त माध्यम मान्थे । त्यतिबेला सामाजिक सञ्जाल र डेटिङ एपको स्वाइप फिचर नयाँ लाग्थे । तर अहिले प्रविधिप्रति मानिसको मोह भंग हुन थालेको छ ।

एआईको उदय र टिकटक जस्ता भिडियो एपको लोकप्रियताले डिजिटल संसारलाई पूर्ण रूपमा बदलिदिएको छ। अहिलेको इन्टरनेट १० वर्षअघिको भन्दा धेरै फरक भइसकेको छ । गुगलले आफ्नो २५ वर्षभन्दा लामो इतिहासमा सर्च बक्समा यो सबैभन्दा ठूलो अपग्रेड भएको बताएको छ । गुगलले पनि पुरानो सर्च मोडल अब असान्दर्भिक भएको स्वीकार गरेको छ।

लामो समयदेखि गुगल सर्चमा देखिने ब्लू लिंकहरू अब दोस्रो प्राथमिकतामा परेका छन् । सर्च गर्दा सिधै स्क्रिनमा आउने उत्तर (जिरो क्लिक एन्सर) ले पहिलो स्थान पाएका छन्। यसले गर्दा गुगलको ट्राफिकमा भर पर्ने अनलाइन प्रकाशक, एसईओ कम्पनी र रिभ्यू साइटहरू संकटमा परेका छन् । उनीहरूको वेबसाइटमा अब गुगलबाट आउने क्लिकहरू निकै घटेका छन् ।

प्रविधि कम्पनीप्रति घट्दो विश्वास

विगत १५ वर्षमा ठूला प्रविधि कम्पनीहरू प्रतिको जनविश्वास निकै खस्किएको छ। ग्यालपको सर्वेक्षण अनुसार सन् २०२५ मा ठूला प्रविधि कम्पनीमाथि ‘अत्यधिक’ विश्वास गर्ने अमेरिकीहरू मात्र २४ प्रतिशत थिए । यो संख्या सन् २०२० मा ३२ प्रतिशत थियो।

त्यस्तै, प्यू रिसर्चका अनुसार सन् २०१५ मा ७१ प्रतिशत मानिसहरू प्रविधि कम्पनीले देशमा सकारात्मक प्रभाव पारेको मान्थे। तर सन् २०१९ मा आइपुग्दा यो संख्या घटेर ५० प्रतिशतमा सीमित भयो। सन् २०१० को ताका मानिसहरू प्रविधि कम्पनीलाई साना व्यवसाय जत्तिकै धेरै रुचाउँथे।

परिवर्तनको कारण

उपभोक्ताको असन्तुष्टि र दिक्दारीका कारण कम्पनीहरू परिवर्तन हुन बाध्य भएका छन्। युट्युब र टिकटकको लोकप्रियताले गर्दा फेसबुक, इन्स्टाग्राम र एक्स (ट्विटर) ले आफ्नो कन्ट्यान्ट देखाउने तरिका बद्लेका छन्। अब उनीहरू प्रयोगकर्ताले फलो गरेका अकाउन्टभन्दा पनि प्रयोगकर्ताले के हेर्न रुचाउँछन् भन्ने कुरालाई प्राथमिकता दिन्छन्।

डेटिङ एपहरूप्रति पनि युवा पुस्ताको आकर्षण घट्दो छ। बम्बलकम्पनीले आफ्नो एपको ‘स्वाइप’  फिचर नै हटाउने योजना बनाएको छ।

इन्टरनेटको सुरुवात गर्ने पुराना कम्पनीहरू नै अहिले एआईको युगमा पछि परिने डरले आफ्ना सेवाहरू तीव्र रूपमा बदल्दैछन्।

गुगल र मेटा जस्ता कम्पनीहरूले भविष्यको व्यापारिक मोडेल स्पष्ट नभए पनि आफ्ना खर्बौं डलरका साविकका उत्पादनहरूमा एआई संयोजन गर्न  थालेका छन्।

-एक्सियोसबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?