+
+
Shares

गर्मीसँगै घरमा माउसुली बढ्न थाले ?, यसलाई भगाउने केही घरेलु उपाय

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ ११ गते ११:५७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • गर्मी मौसममा घरभित्र आउने माउसुलीले खानेकुरा दूषित पार्ने र स्वास्थ्य समस्या निम्त्याउने जोखिम हुन्छ।

गर्मीको आगमनसँगै माउसुलीको मौसम पनि सुरु हुन्छ । यिनीहरू घरको हरेक कुनामा देखा पर्न थाल्छन् । भित्ता, भान्सा र सुत्ने कोठाको कुनातिर माउसुलीले रगरग घुमिरहेको देखिन्छ । माउसुलीहरू बढी प्रकाश भएको, ओसिलो र साना कीराहरू भएको क्षेत्रमा आउने सम्भावना बढी हुन्छ।

गर्मीको समयमा घरभित्र आउने कीरा, अझ विशेषगरी बत्तीमा झुम्मिन आउने पुतली तथा अन्य कीरा खानका लागि माउसुली निकै सक्रिय हुने गर्छ । यसले हाम्रो दैनिकीमा बाधा पुर्‍याइरहेको हुन्छ । यसले दूध, पानीलगायत अन्य खानेकुराहरूमा डुब्ने, सुतेका बेला बिछ्याउनातिर हिँडेर सताउने गर्छ।

यो डुबेका तथा यसले जुठो हालेका खानेकुरा विषालु हुन्छ भनिन्छ । त्यसैले पनि यस्ता खाना झुक्किएर खाएमा स्वास्थ्य समस्या निम्तिन सक्छ । अझ बालबालिकाहरू यसको बढी जोखिममा रहन्छन् । कतिपय साना बच्चाहरू माउसुली देखेर डराउने आत्तिने पनि गर्छन् ।

यी कारणले पनि माउसुलीलाई हटाउनु आवश्यक छ । यसलाई हटाउन विभिन्न तरिकाहरू अपनाउन सकिन्छ ।

फिटकीरीको धुलो

यो एक सहज घरेलु उपाय हो । हो जुन धेरै मानिसहरूले माउसुलीलाई टाढा राख्न प्रयोग गर्छन् । कुनै पातलो कपडामा फिटकिरीको धुलो हालेर स-साना पोका बनाउने । यसलाई धागोमा झुण्ड्याउने । माउसुली धेरै आउने ठाउँहरू झ्याल, ढोका, कोठाकझ कुना तथा बत्तीनजिकैतिर झुण्ड्याउने । यसको गन्धले माउसुली टाढा भाग्छ ।

अण्डाको बोक्रा झुण्ड्याउने

सियो र धागो प्रयोग गरी अण्डाको बोक्राको माला बनाउने । यसलाई पनि माउसुली धेरै आउने ठाउँमा झुण्ड्याउने । यो देख्नेबित्तिकै माउसुली देख्ने भाग्छ ।

प्याज र लसुनको प्रयोग

प्याज र लसुनको गन्धले पनि माउसुलीलाई भगाउँछ। यसमा पनि सियो, धागोकै आवश्यकता पर्छ । सियो र धागो प्रयोग गरेर लसुन तथा प्याकका टुक्रालाई उन्ने । यसलाई माउसुली धेरै हिँड्ने तथा देखापर्ने ठाउँहरूमा राख्ने । यसको गन्धले पनि माउसुली टाढा जान्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?