News Summary
Generated by OK AI. Editorially reviewed.- मेडिकल व्यवसायी दुर्गा प्रसाईंविरुद्ध साइबर अपराध र राज्यविरुद्धको कसुरमा पर्सा अदालतमा मुद्दा दर्ता भएको छ ।
- बयान नसकिएकाले प्रसाईंलाई मंगलबार पुनः अदालत उपस्थित गराउने गरी अहिले हिरासतमै पठाइएको छ ।
- सार्वजनिक नैतिकता र सामाजिक सद्भावविरुद्ध अभिव्यक्ति दिएको आरोपमा प्रसाईंलाई प्रहरीले गत ४ जेठमा वीरगञ्जबाट पक्राउ गरेको थियो ।
११ जेठ, काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंविरुद्ध पर्सा अदालतमा मुद्दा दर्ता भएको छ ।
प्रसाईंविरुद्ध साइबर अपराधको कसुर र राज्यविरुद्धको कसुरमा मुद्दा दर्ता भएको पर्सा प्रहरीले बताएको छ । प्रसाईंको बयान आज नसकिएकाले भोलि मंगलबार उपस्थित गराउने गरी अहिले प्रसाईंलाई अदालतले हिरासतमै पठाएको छ ।
प्रहरीले ४ जेठमा प्रसाईंलाई वीरगञ्जको होटल दियालोबाट पक्राउ गरेको थियो ।
उनले सार्वजनिक नैतिकता, शिष्टाचार विरुद्ध, कसैप्रति घृणा वा द्वेष फैलाउने र विभिन्न जातजाती र सम्प्रदायबीचको समधुर सम्बन्धमा खलल पार्ने अभिव्यक्ति दिएको प्रहरीले बताएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4