+
+
Shares

वीरगञ्जबाट पक्राउ परे दुर्गा प्रसाईं

उनी वीरगञ्जबाट पक्राउ परेका हुन् । प्रहरी स्रोतका अनुसार, उनलाई वीरगञ्जको दियोलो होटलबाट पक्राउ गरिएको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ ४ गते २१:०३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई वीरगञ्जको दियोलो होटलबाट प्रहरीले पक्राउ गरेको छ।
  • प्रहरी स्रोतले उनलाई ‘माथिको आदेश’ अनुसार पक्राउ गरिएको पुष्टि गरेका छन्।
  • पक्राउको कारणबारे प्रहरीले जानकारी नदिएको बताइएको छ।

४ जेठ, काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ परेका छन् ।

उनी वीरगञ्जबाट पक्राउ परेका हुन् । प्रहरी स्रोतका अनुसार, उनलाई वीरगञ्जको दियोलो होटलबाट पक्राउ गरिएको हो ।

उनलाई ‘माथिको आदेश’ भन्दै प्रहरीले पक्राउ गरेको हो । प्रहरी स्रोतले उनी पक्राउ परेको पुष्टि गरे पनि कुन कसुरमा पक्राउ गरिएको भन्नेबारे थाहा नभएको बताएको छ ।

राष्ट्र, राष्ट्रियता धर्म संस्कृति र नागरिक बचाउन महाअभियान नेपालका संयोजक समेत रहेका प्रसाईं सोमबार सिमरा विमानस्थल हुँदै वीरगञ्ज पुगेका थिए ।

वीरगञ्जमा मंगलबार हुने कार्यक्रममा सहभागी हुन उनी त्यहाँ पुगेका हुन् ।

सो क्रममा उनले विमानस्थलमै सञ्चारकर्मीहरूसँग कुराकानी पनि गरेका थिए । वर्तमान सरकार र रास्वपा सांसदहरूमाथि उनले विभिन्न आलोचनासहितका टिप्पणी सञ्चारकर्मीसँग गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?