+
+
Shares

प्रसाईंसहित ४ बन्दीबारे सर्वोच्चले जारी गर्‍यो कारण देखाउ आदेश

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन १९ गते १६:४१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सर्वोच्च अदालतले एकै दिन चारवटा बन्दीहरूको थुनामा राख्नुको कारण देखाउ आदेश जारी गरेको छ।
  • न्यायाधीश कुमार रेग्मीको इजलासले दुर्गा प्रसाईं, ईश्वर दाहाल, युकेन्द्र श्रेष्ठ र गोकुल पराजुलीको गैरकानूनी थुनाको निवेदनमाथि प्रारम्भिक सुनुवाइ गरेको छ।
  • सर्वोच्चले गृह मन्त्रालय, प्रहरी प्रधान कार्यालय र सम्बन्धित प्रहरी कार्यालयलाई कारण पेश गर्न आदेश दिएको छ।

१९ फागुन, काठमाडौं । सर्वोच्च अदालतले एकै दिन चारवटा बन्दीहरूबारे कारण देखाउ आदेश जारी गरेको छ ।

न्यायाधीश कुमार रेग्मीको इजलासले चार जना निवेदकहरूको निवेदनमाथि प्रारम्भिक सुनुवाई गर्दै थुनामा राख्नुको कारण माग गरेको हो ।

दुर्गा प्रसाईंलाई गैरकानूनी थुनामा राखेको भन्दै अधिवक्ता सुरेश बोहरा सर्वोच्च अदालत गएका थिए ।

ईश्वर दाहाललाई गैरकानूनी थुनामा राखिएको भन्दै रविना सथसंकर सर्वोच्च गएका थिए । युकेन्द्र श्रेष्ठ र गोकुल पराजुलीलाई पनि गैरकानूनी रुपमा थुनिएको भन्दै सर्वोच्चमा निवेदन परेको थियो ।

ती निवेदनहरूको सुनुवाइपछि सर्वोच्च अदालतले थुनामा राख्नुको कारण पेश गर्न गृह मन्त्रालय, प्रहरी प्रधान कार्यालय लगायत सम्बन्धित प्रहरी कार्यालयहरूको नाममा कारण देखाउ आदेश जारी गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?