+
+
Shares

सुकेधारा र नैकापमा गाडीमा आगजनी, भेटियो दुर्गा प्रसाईंको पर्चा

प्रहरी उपरीक्षक भट्टराईले मंगलबार बिहान ३ बजेतिर दुईवटा गाडीहरूमा आगजनी भएको र आगजनी गरिएको गाडीमा दुर्गा प्रसाईंको पर्चा फेला परेको अनलाइनखबरलाई जानकारी दिए । 

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन १९ गते ९:५१
फाइल फोटो

News Summary

Generated by OK AI. Editorially reviewed.
  • प्रतिनिधि सभा निर्वाचनको मौनअवधि सुरू भएको राति काठमाडौंमा दुईवटा गाडीमा आगजनी भएको छ।
  • सुकेधारा र नैकापमा बिहान ३ बजेतिर आगजनी भएको र दुर्गा प्रसाईंको पर्चा भेटिएको छ।
  • दुर्गा प्रसाईंलाई फागुन १७ गते भक्तपुरस्थित निवासबाट पक्राउ गरिएको थियो र पाँच दिन हिरासतमा राख्न अनुमति दिइएको छ।

१९ फागुन, काठमाडौं । प्रतिनिधि सभा निर्वाचनको मौनअवधि सुरू भएपछि काठमाडौंमा दुईवटा गाडीमा आगजनी भएको छ । आज बिहान सुकेधारा र नैकापमा गाडीमा आगजनी भएको हो ।

काठमाडौं प्रहरी परिसरका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) पवन भट्टराईले सवारी साधनमा भएको आगजनीको पुष्टि गरेका छन् । उनका अनुसार सुकेधारा बा ७ च १४०१ र नैकापमा बीएए २८३६ नम्बरको गाडीमा आगजनी भएको हो ।

प्रहरी उपरीक्षक भट्टराईले मंगलबार बिहान ३ बजेतिर गाडीहरूमा आगजनी भएको र आगजनी गरिएको गाडीमा दुर्गा प्रसाईंको पर्चा फेला परेको अनलाइनखबरलाई जानकारी दिए ।

‘बिहान ३ बजे आसपास आगजनी भएको हो । भित्र दुर्गा प्रसाईंको पर्चा भेटिएको छ,’ उनले भने, ‘सवारी धनीले हामीलाई यस्तो भएको भन्नुभएको छैन । हामी अनुसन्धान गर्दैछौं ।’

राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति तथा नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंलाई भक्तपुर प्रहरीले फागुन १७ गते भक्तपुरस्थित निवासबाट पक्राउ गरेको थियो । प्रसाईंलाई पाँच दिन हिरासतमा राख्न प्रशासनले अनुमति दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?