+
+
Shares

अमेरिकाले मध्यपूर्वमा रहेका आफ्ना नागरिकलाई भन्यो– सक्दो चाँडो बाहिरिनू

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन १९ गते ९:२३

१९ फागुन, काठमाडौं । अमेरिकाले मध्यपूर्वका देशमा रहेका आफ्ना नागरिकहरूलाई सक्दो चाँडो बाहिरिन आग्रह गरेको छ ।

अमेरिकी विदेश मन्त्रालयले आक्रमणको खतराका कारण मध्यपूर्वका देशहरू छोड्न आफ्ना नागरिकलाई आग्रह गरेको हो ।

ती देशहरूमा बहराइन, मिस्र, इरान, इराक, इजरायल, वेस्ट बैंक, गाजा, जोर्डन, कुवेत, लेबनान, ओमन, कतार, साउदी अरब, सीरिया, संयुक्त अरब इमिरेट्स र यमन समावेश छन् ।

इरान मध्यपूर्वका देशहरूमा रहेका अमेरिकी सैन्य बेसमाथि आक्रमण गरिरहेका बेला अमेरिकी विदेश मन्त्रालयकातर्फबाट पछिल्लो बयान आएको हो ।

इजरायल र अमेरिकाले शनिवारदेखि इरानमाथि हमला सुरू गरेका थिए । आक्रमणमा इरानका सर्वोच्च नेता अली खामेनीको मृत्यु भएको छ । त्यसपछि इरानले पनि इजरायल र अमेरिकाका सैन्य बेसक्याम्प रहेका खाडी मुलुकमाथि हमला जारी राखेको छ ।

साउदी अरबको रियादस्थित अमेरिकी दूतावासमा ड्रोन आक्रमण भएको छ । दूतावासको भवनमा दुईवटा ड्रोनबाट आक्रमण भएको साउदीको रक्षा मन्त्रालयले पुष्टि गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?