+
+
Shares

चन्द्रनिगाहपुरमा शंकास्पद वस्तु फेला, सेनाको टोली परिचालन

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन १९ गते ८:०४

१९ फागुन, रौतहट । रौतहटको चन्द्रपुर नगरपालिका-५ राजपेडामा शंकास्पद वस्तु फेला परेको छ ।

आज बिहान स्थानीय बासिन्दाले सडक छेउमा शंकास्पद वस्तु देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

सूचना प्राप्त भएपछि इलाका प्रहरी कार्यालय चन्द्रपुरबाट प्रहरी टोली घटनास्थलमा पुगेर उक्त क्षेत्रलाई सुरक्षित बनाएको छ ।

अहिले नेपाली सेनाको बम डिस्पोजल टोली खटिएको छ । नारायण दल गणबाट खटिएको सेनाको डिस्पोजल टोलीले शंकास्पद वस्तुको जाँच तथा निस्क्रिय पार्ने तयारी गरेको छ ।

सोमबार पनि रौतहटको राजपुर नगरपालिका-६ मा शंकास्पद वस्तु फेला परेपछि नेपाली सेनाले डिस्पोज गरेको थियो ।

नारायण दल गुल्मले रौतहटका चारवटै निर्वाचन क्षेत्रमा १-१ वटा बम डिस्पोजल तथा गौर चन्द्रपुर सडक क्षेत्रका लागि छुट्टै एक टोली परिचालन गरेको सेनाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?