+
+
Shares

शहरी विकास मन्त्रालय मातहत ५० गाडी जले, भौतिक क्षति आकलन गरिँदै

मन्त्रालयका सहसचिव नारायणप्रसाद मैनालीका अनुसार अहिले क्षतिको आकलन गर्ने काम भइरहेको छ । 

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ २६ गते १८:२४
आगजनीबाट क्षति भएको सिंहदरबार ।

News Summary

Generated by OK AI. Editorially reviewed.
  • मंगलबार जेनजी आन्दोलनका बेला सिंहदरबारभित्र शहरी विकास मन्त्रालय र मातहत ५० सवारीसाधनमा ठूलो भौतिक क्षति पुगेको प्रारम्भिक अनुमान मन्त्रालयले गरेको छ।
  • मन्त्रालयका सहसचिव नारायणप्रसाद मैनालीले क्षतिको आकलन गर्ने काम भइरहेको जानकारी दिए।
  • सिंहदरबारभित्रको क्षतिको पूर्ण विवरण अहिलेसम्म कुनै एक सरकारी निकायले राखेको छैन भने मुख्यसचिव नारायण अर्यालले सचिवहरूसँग बिफ्रिङ लिन थालेका छन्।

२६ भदौ, काठमाडौं । मंगलबार जेनजी आन्दोलनका बेला सिंहदरबारभित्र ठूलो भौतिक क्षति भएको छ । यसमध्ये शहरी विकास मन्त्रालय र मातहत ५० सवारीसाधनमा क्षति पुगेको प्रारम्भिक अनुमान मन्त्रालयले गरेको छ ।

मन्त्रालयका सहसचिव नारायणप्रसाद मैनालीका अनुसार अहिले क्षतिको आकलन गर्ने काम भइरहेको छ ।

प्रारम्भिक अनुमान अनुसार मन्त्रालय परिसरमा रहेका कम्तीमा १० र बाँकी सवारीसाधन मन्त्रालय मातहत विभागहरूका सवारीसाधनमा सोही बराबर क्षति पुगेको हो ।

पूरै सिंहदरबारभित्रको क्षतिको आकलन भने कुनै एक सरकारी निकायले राख्ने गरेको छैन । सोहीकारण अहिलेसम्म के कति क्षति भयो भन्ने निश्चित भइसकेको छैन । उता, मूख्यसचिव एक नारायण अर्यालले सचिवहरूसँग क्षतिबारे बिफ्रिङ लिन थालेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?