News Summary
Generated by OK AI. Editorially reviewed.- युट्युबले च्यानल सञ्चालक तथा क्रिएटरहरूका लागि भिडियोमा आउने कमेन्टहरू व्यवस्थित गर्न एआईमा आधारित नयाँ सर्च फिल्टर टुलहरूको घोषणा गरेको छ।
- यी नयाँ टुलहरूले क्रिएटरहरूलाई संवादात्मक वाक्यांश र विषयका आधारमा दर्शकका प्रतिक्रियाहरू वर्गीकरण तथा समीक्षा गर्न सहज बनाउनेछन्।
- थ्री-डट मेनुमा रहेको 'फाइन्ड सिमिलर कमेन्ट्स' विकल्पमार्फत समान अर्थ बोकेका प्रतिक्रियाहरू छनोट गरी मोडरेट गर्न सकिने सुविधा थपिएको छ।
युट्युबले च्यानल सञ्चालक तथा क्रिएटरहरूलाई भिडियोका कमेन्टहरू व्यवस्थापन गर्न र दर्शकहरूको भावना बुझ्न सहयोग गर्ने उद्देश्यले एआईमा आधारित नयाँ ‘टूल’हरूको घोषणा गरेको छ। यी नयाँ टुलहरूको मद्दतले अब क्रिएटरहरूले प्रत्येक प्रतिक्रियालाई व्यक्तिगत रूपमा स्क्रोल नगरीकन नै दर्शकका प्रतिक्रियाहरूलाई समग्र रूपमा बुझ्न सक्नेछन्।
युट्युब स्टुडियोभित्र उपलब्ध हुने यी नयाँ कमेन्ट फिल्टर टुलहरूले कुनै विशिष्ट कीवर्ड मात्र खोज्नुको सट्टा एआईद्वारा परिभाषित विषय वा आशयका आधारमा कमेन्टहरू सजिलै फेला पार्न मद्दत गर्नेछन्।
युट्युबले यसको कार्यप्रणाली स्पष्ट पार्दै भनेको छ, ‘अब क्रिएटरहरूले आफ्नो कमेन्ट पेजमा एउटा नयाँ ‘सर्च’ फिल्टर देख्नेछन्, जबकि पुरानो ‘एक्ज्याक्ट-म्याच’ सर्च फिल्डलाई अब ‘कीवर्ड्स’ भनी पुन: नामाकरण गरिएको छ।’
यस नयाँ सर्च विकल्पभित्र क्रिएटरहरूले टपिकका आधारमा आफ्नो च्यानलका कमेन्टहरू खोज्न सक्नेछन्। युट्युबका अनुसार, ‘उदाहरणका लागि, यदि तपाईं आफ्नो शारीरिक रूप वा पहिरनका बारेमा गरिएका कमेन्टहरू हेर्न चाहनुहुन्न भने, कमेन्ट्स अबाउट माई अपियरन्स’ जस्ता संवादात्मक वाक्यांश टाइप गरी समीक्षाका लागि तिनलाई द्रुत रूपमा एकै ठाउँमा ग्रुप गर्न सक्नुहुन्छ।
यसको अर्थ, च्यानल व्यवस्थापकहरूले अब संवादात्मक प्रश्नहरू (कन्भर्सेसनल क्वेरीज ) प्रयोग गरेर छलफलका मुख्य पाटाहरू फेला पार्न सक्नेछन् । जसले गर्दा तिनको जवाफ दिन, तिनलाई हाइड गर्न वा परिमार्जन गर्न निकै सहज हुनेछ।
यसका साथै, क्रिएटरहरूले सजेस्टेड टपिक्स प्रयोग गरेर आएका प्रतिक्रियाहरूलाई ‘एक्साइटमेन्ट एन्ड एन्थुजियाज्म’ वा ‘नेगेटिभ फिडब्याक’ जस्ता थिमहरूमा वर्गीकरण गर्न सक्नेछन्।
यस टुलले च्यानल सञ्चालकहरूलाई उस्तै प्रकृतिका वा समान अर्थ बोकेका कमेन्टहरू खोज्न पनि अनुमति दिनेछ।
युट्युबले भनेको छ, ‘यदि तपाईंले कुनै यस्तो विशिष्ट कमेन्ट देख्नुभयो जसलाई तपाईं मोडरेट गर्न चाहनुहुन्छ भने, त्यहाँ रहेको थ्री-डट मेनुमा क्लिक गरी ‘फाइन्ड सिमिलर कमेन्ट्स’ विकल्प चयन गरेर समान अर्थ भएका अन्य सबै कमेन्टहरू तुरुन्तै फेला पार्न सक्नुहुन्छ।’
यी नयाँ फिल्टरहरूले युट्युबमा आउने कमेन्ट र दर्शकहरूको संलग्नता (इनगेजमेन्ट) लाई व्यवस्थित गर्ने क्षमतामा ठूलो सुधार ल्याउनेछन् । र, मुख्य जिज्ञासाहरूलाई सिधै सम्बोधन गरिएको सुनिश्चित गर्नेछन्।
यो क्रिएटरहरूका लागि रिसर्च टूल’ समेत साबित हुन सक्छ। यसबाट दर्शकहरू के कुरामा बढी रुचि राखिरहेका छन् भन्ने कुरा गहिराइबाट बुझ्न सघाउनेछ।
प्रतिक्रिया 4