+
+
Shares

टिकटकमा नयाँ फिचर, अब फोटोलाई यसरी भिडियोमा बनाउनुहोस्

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ ६ गते १८:०८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • टिकटकले नयाँ AI Alive नामक टुल्स लञ्च गरी तस्वीरलाई एनिमेटेड भिडियोमा परिवर्तन गर्न सक्ने सुविधा उपलब्ध गराएको छ।
  • यो फिचर हालका लागि टिकटक स्टोरीमा मात्र प्रयोग गर्न सकिन्छ र अन्य प्लाटफर्ममा उपलब्ध छैन।
  • प्रयोग गर्नका लागि टिकटक एपमा इनबक्स वा प्रोफाइल पेजको निलो आइकनमा ट्याप गरी, तस्वीर छान्न र निर्देशन लेख्नुपर्नेछ।

६ जेठ, काठमाडौं । लोकप्रिय सोसल मिडिया प्लाटफर्म टिकटकले एक नयाँ आर्टिफिसियल इन्टेलिजेन्स फिचर लञ्च गरेको छ । AI Alive नामक उक्त नयाँ टुल्सले कुनैपनि तस्वीरलाई एनिमेटेड भिडियोमा परिवर्तन गर्न सक्नेछ ।

यद्यपि हालका लागि यो फिचर केवल टिकटक स्टोरिजमा मात्रै प्रयोग गर्न सकिनेछ । अर्थात् टिकटक फीडमा सिधैं यो फिचर उपलब्ध छैन ।

टिकटकले एक न्यूजरुम पोस्टका माध्यमबाट यो फिचरको घोषणा गरेको छ । यो कुनैपनि सोसल मिडिया प्लाटफर्ममा उपलब्ध यस्तो पहिलो एआई टूल हो जसले कुनै तस्वीरलाई छोटो भिडियोमा रुपान्तरण गर्दछ । इन्स्टाग्राम, स्नापच्याट तथा एक्स जस्ता प्लाटफर्ममा यस्तो एआई भिडियो जेनेरेशन प्रविधि हालसम्म पनि उपलब्ध छैन ।

कसरी प्रयोग गर्ने ?

सबैभन्दा पहिले टिकटक एपमा जानुहोस् र इनबक्स पेज वा प्रोफाइल पेजको माथिपट्टि निलो रंगको आइकनमा ट्याप गर्नुहोस् ।

आफ्नो Story Album बाट कुनै एउटा तस्वीर छान्नुहोस् ।

फोटो एडिट पेजको दायाँतर्फ टूलबारमा AI Alive आइकन रहेको हुन्छ । सो आइकनमा ट्याप गर्नुहोस् । त्यसपछि अगाडि आउने विन्डोजमा तपाइँले उक्त तस्वीरबाट कस्तो एनिमेटेड भिडियो बनाउने भन्ने कुरा अक्षरमा लेखेर निर्देशन दिनुहोस् ।

तपाइँले त्यहाँ दिइएको suggested prompts बाट पनि एउटा छान्न सक्नुहुन्छ । त्यसपछि Generate बटनमा ट्याप गर्नुहोस् । अब केही क्षणमै तपाईले भने बमोजिमको छोटो भिडियो तयार हुनेछ ।

उक्त भिडियोलाई तपाईले टिकटकको स्टोरीमा पोस्ट गर्न सक्नुहुन्छ । त्यस भिडियोलाई For You, Following Feed तथा तपाईके Profile पेजमा हेर्न सकिनेछ । एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?