
१८ वैशाख, काठमाडौं । सूचना प्रविधिको विकासले चरमसीमा छोइरहेको वर्तमान समयमा सोसल मिडिया तथा डिजिटल प्लाटफर्महरुले सर्जकहरु (कन्टेन्ट क्रियटर्स) लाई धन आर्जन गर्ने विभिन्न विकल्पहरु दिइरहेको छ ।
यसबाट केवल सर्जकहरुको मात्र कमाइ बढिरहेको छैन, युट्युब स्वयंले पनि मनग्गे कमाइरहेको छ ।
भिडियो सामाग्री बनाउने हरुका लागि युट्युब सबैभन्दा ठूलो प्लाटफर्म हो । पहिले यसमा केवल भिडियोहरुमा आउने भ्यूजबाट मात्रै आम्दानी हुने गर्दथ्यो । तर अहिले चाहिँ युट्युबबाट आम्दानी गर्ने विभिन्न बाटो खुलेका छन् । आखिर कन्टेन्ट क्रियटरहरुले युट्युबबाट भ्यूजका अतिरिक्त अन्य कुन-कुन तरिकाले पैसा कमाउन सक्छन् त ?
१. सुपर च्याट : युट्युबमा जब तपाई लाइभमा आउनुहुन्छ, त्यसबेला जो कोही दर्शकले सुपर च्याटको माध्यमबाट पैसा पठाउन सक्दछ । जतिधेरै रकम पठाइयो, मेसेज उति नै धेरै हाइलाइट हुन्छ ताकि क्रियटरले त्यसलाई तुरुन्तै देख्न सकोस् । सुपर च्याटमा पठाइएको पैसाको ३० प्रतिशत हिस्सा युट्युबले आफूसँग राख्दछ भने बाँकी ७० प्रतिशत सम्बन्धित क्रियटरको खातामा जान्छ ।
२. सुपर थ्याङक्सः यदि युट्युबमा भिडियो रेकर्डेड हो र लाइभ होइन भने पनि फ्यानहरुले सुपर थ्यांक्सको माध्यमबाट आफ्नो रुची प्रकट गर्न सक्दछन् । यसमा भिडियोको तलपट्टि एउटा विकल्प देखिन्छ, जसमा दर्शकले रकम पठाउन सक्दछन् । यसबाट पनि युट्युबले ३० प्रतिशत रकम कट्टी गरेर बाँकी ७० प्रतिशत सम्बन्धित सर्जकले पाउँछ ।
३.सशुल्क सदस्यता : केही युट्युब क्रियटरहरुले आफ्नो च्यानलमा सशुल्क सदस्यता (पेड मेम्बरशीप) को विकल्प राखेका हुन्छन् । यसमा दर्शकले हरेक महिना निश्चित रकम तिरेर एक्सक्लूसिभ सामाग्री, विशेष ब्याज तथा इमोजी जस्ता सुविधाहरुको फाइदा उठाउन सक्दछन् र आफुलाई मनपर्ने सर्जकलाई नियमित रुपमा सहयोग गर्न सक्दछन् ।
४. बाह्य लिंक : धेरै क्रियटरहरुले भिडियो विवरण तथा पिन गरिएका कमेन्टमा विभिन्न भुक्तानी अकाउन्टका लिंक शेयर गर्दछन् जहाँ फ्यानले कुनै अन्य प्लाटफर्मको सहयोग विना नैसिधै पैसा पठाउन सक्दछन्, । एजेन्सीको सहयोगमा
प्रतिक्रिया 4