+
+
Shares

युट्युबको सिको गर्दै फेसबुक, अब अरुका सिर्जना नक्कल गर्नेको आम्दानी बन्द हुने

अब त्यस्ता पेज वा अकाउन्टमाथि फेसबुक कठोर बन्नेछ जसले लगातार अरूका पोस्ट, भिडियो वा तस्वीरहरु पटक पटक आफ्नो वालमा सेयर गर्नेछन् अनि सन्दर्भ वा व्याख्या नगरी जस्ताको तस्तै सामाग्रीहरु सेयर गर्नेछन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन २ गते ९:४५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • मेटाले फेसबुकमा अरूको सामग्री जस्ताको तस्तै बारम्बार सेयर गर्ने अकाउन्टहरूको मनिटाइजेसन रोक्ने घोषणा गरेको छ।
  • फेसबुकले एआई प्रणाली र कन्टेन्ट म्याचिङ प्रविधिको प्रयोग गरी नक्कल सामग्री पत्ता लगाउने र व्याख्या वा नयाँ दृष्टिकोणसहितको सामग्रीलाई मात्र अनुमति दिनेछ।
  • मेटाले 'लिंक टू ओरिजिनल' फीचर परीक्षणमा ल्याएको छ जसले मूल स्रोतमा पठाउने सुविधा दिनेछ र सिर्जनात्मक सामग्रीलाई प्राथमिकता दिनेछ।

सोसल मिडिया प्लाटफर्म फेसबुकले अब अरूको सामग्री जस्ताको तस्तै बारम्बार सेयर गर्ने प्रयोगकर्ताहरु विरुद्ध कडा कदम चाल्ने भएको छ।

फेसबुकको मातृ कम्पनी मेटाले सोमबार सार्वजनिक जानकारीमार्फत अनधिकृत तथा दोहोरिएका सामग्रीहरु सेयर गर्ने फेसबुक अकाउन्टहरूको मनिटाइजेसन रोक्ने घोषणा गरेको हो ।

मेटाका अनुसार, फेसबुकमा अब टेक्स्ट, फोटो, भिडियो वा अन्य सामग्रीहरु सेयर गर्दा पटक पटक अरु व्यक्तिका सामग्रीहरुलाई जस्ताको तस्तै सेयर गरेको पाईएमा त्यस्तो व्यवहारलाई नकारात्मक रूपमा मूल्याङ्कन गरिनेछ ।

यस्तो गतिविधिलाई सीमित गर्न मेटाले त्यस्ता प्रयोगकर्ताको फेसबुक पोस्टको पहुँच घटाइने, ती पोष्टहरु फेला पर्ने सम्भावना अर्थात डिस्कभरबिलिटी रोकिने र फेसबुक सामग्रीबाट हुने आम्दानी समेत रोक्ने सम्मका कदम चाल्नेछ ।

युट्युबको सिको

स्मरण रहोस् मेटाको यो निर्णय युट्युबले हालै लागू गरेको पुनः प्रयोग भएका सामग्री सम्बन्धी नीतिलाई पछ्याउँदै अबलम्बन गरिएको देखिन्छ। यसअघि युट्युबले पुनः प्रयोग भएका सामग्रीबाट हुने मनिटाइजेसन बन्द गर्ने व्यवस्था लागू गरिसकेको छ।

फेसबुक क्रिएटर्स ब्लगमार्फत मेटाले भनेको छः यदि तपाईंको अकाउन्टले निरन्तर रुपमा अरूको सामग्री मात्रै दोहोर्याएर सेयर गर्छ भने, त्यो सामग्रीबा तपाइँले अब आम्दानी गर्न सक्नुहुने छैन। हामी अब मौलिकतामा केन्द्रित हुनेछौँ।

सिर्जनात्मकता र मौलिक योगदानलाई प्रोत्साहन गर्ने नीति अन्तर्गत अब फेसबुकमा स्वतन्त्र तथा मूल स्रोतका सामग्रीहरूलाई प्राथमिकता दिइने मेटाको भनाई छ।

कसरी पत्ता लगाइन्छ नक्कल गरिएको सामग्रीहरु

मेटाका अनुसार फेसबुकले अब एआई प्रणाली र कन्टेन्ट म्याचिङ प्रविधिको प्रयोग गरेर प्लाटफर्ममा सेयर भएका सामग्रीहरुको मौलिकताको मूल्याङ्कन गर्नेछ। कुनै सामग्री पहिले नै अरूले अपलोड गरिसकेको भएमा र उक्त सामाग्रीमा पछिल्लो प्रयोगकर्ताको कुनै नयाँ योगदान नभएको देखिएमा अब त्यो सामग्री दोहोराएर पोस्ट गरेको अर्थात् रिपोस्ट गरेको मानिनेछ।

त्यसैले अब त्यस्ता पेज वा अकाउन्टमाथि फेसबुक कठोर बन्नेछ जसले लगातार अरूका पोस्ट, भिडियो वा तस्वीरहरु पटक पटक आफ्नो वालमा सेयर गर्नेछन् अनि सन्दर्भ वा व्याख्या नगरी जस्ताको तस्तै सामाग्रीहरु सेयर गर्नेछन् ।

तर व्याख्या, आलोचना वा नयाँ दृष्टिकोणसहित पुनः प्रयोग गरिएको सामग्रीका साथै रिएक्सन भिडियो, समाचार समिक्षा वा आलोचनात्मक प्रस्तुतिका सामग्री पोस्ट गर्ने प्रयोगकर्तालाई चाहीँ फेसबुकले कारवाही गर्नेछैन ।

यसैबीच मेटाले ‘लिंक टू ओरिजिनल’ नामक फीचर समेत परीक्षणमा ल्याएको बताइएको छ । यसले रिपोस्ट गरिएको कुनैपनि सामग्रीको मूल स्रोतमा पठाउने सुविधा दिनेछ । फेसबुकको यो फिचर वास्तविक सर्जकलाई मान्यता दिने कम्पनीको दीर्घकालीन योजनाको हिस्सा भएको बताइएको छ ।

विश्लेषकका अनुसार मेटाको यो नयाँ नीति लागू भएपछि अब फेसबुकमा मूल र सिर्जनात्मक सामग्री निर्माण गर्ने प्रयोगकर्ताहरूले प्राथमिकता पाउनेछन् भने नक्कली वा दोहोरिएका सामग्रीका भरमा आम्दानी गर्ने प्रवृत्तिमा नियन्त्रण हुनेछ ।

प्रतिस्पर्धात्मक र विज्ञापन केन्द्रित सोसल मिडिया बजारमा मेटाको उक्त निर्णयले सकारात्मक प्रभाव पार्ने सम्भावना रहेको बताइन्छ । एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?