
News Summary
Generated by OK AI. Editorially reviewed.- म्युजियम अफ नेपाली आर्टले वरिष्ठ चित्रकार किरण मानन्धरको एकल कला प्रदर्शनी २ साउनदेखि सेप्टेम्बरसम्म गर्ने भएको छ।
१ साउन, काठमाडौं । म्युजियम अफ नेपाली आर्ट (मोना)ले वरिष्ठ चित्रकार किरण मानन्धरको एकल कला प्रदर्शनी गर्ने भएको छ । २ साउनदेखि अङ्ग्रेजी महिना सेप्टेम्बरसम्म चल्ने प्रदर्शनी एनसेल फाउन्डेसनसँगको सहयोगमा मोनाले गर्न लागेको हो ।
यस कला प्रदर्शनीमा चित्रकार मानन्धरका ‘ओरिजिनल’ कामहरू राखिएका छन् । आयोजकका अनुसार प्रदर्शनीका क्रममा पाँच स्थानमा चित्रकला राखिने छ । जसमा म्युजिएम अफ नेपाली आर्ट, काठमाडौं आर्ट हाउस, काठमाडौं गेस्ट हाउस, पाटन म्युजिएम र केजीएच पाटन रहेका छन् ।
त्यस्तै प्रदर्शनीमा ओल्ड दरबार, दोचा लगायतका ब्रान्डसँग सहकार्य गरेर बनाइएका चित्रकला पनि राखिने भएका छन् । पछिल्लो समय विभिन्न सामूहिक चित्रकला प्रदर्शनीमा मानन्धरका कामहरू राखिएता पनि एकल प्रदर्शनी भएको थिएन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4