+
+
Shares

धरानमा छुरा प्रहार गरी युवकको हत्या

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख २८ गते १२:३४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सुनसरीको धरानमा छुरा प्रहारबाट २७ वर्षीय जीवन भुजेलको मृत्यु भएको छ।
  • धरान–१९ खिम्दिङक पुलचौकका २८ वर्षीय जिमी अर्जुन विश्वकर्मालाई हत्या आरोपमा पक्राउ गरिएको छ।
  • इलाका प्रहरी कार्यालय धरानले कर्तव्य ज्यानको कसुरमा अनुसन्धान अघि बढाएको छ।

२८ वैशाख, काठमाडौं । सुनसरीको धरानमा छुरा प्रहारबाट एक युवकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा धरान उपमहानरपालिका–१० बेलगाछी घर भएका २७ वर्षीय जीवन भुजेल छन् ।

छुरा प्रहारबाट गम्भीर घाइते भएका उनलाई उपचारका लागि विराट नरसिंह होम विराटनगर लगिएको थियो । उनको उपचारकै क्रममा मृत्यु भएको प्रहरीले बताएको छ ।

छुरा प्रहार गरी हत्या गरेको आरोपमा प्रहरीले धरान–१९ खिम्दिङक पुलचौकका २८ वर्षीय जिमी अर्जुन विश्वकर्मालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय धरानले उनीमाथि कर्तव्य ज्यानको कसुरमा अनुसन्धान अघि बढाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?