+
+
Shares

दृष्टिविहीनका लागि कामना सेवा विकास बैंकको समावेशी पहल, वित्तीय साक्षरता प्रदान

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख २८ गते १२:५३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कामना सेवा विकास बैंकले दृष्टिविहीन व्यक्तिका लागि वित्तीय साक्षरता तथा हस्ताक्षर तालिम कार्यक्रम सम्पन्न गरेको छ।
  • कार्यक्रममा ४० जना दृष्टिविहीनले सहभागिता जनाएका थिए र बैंकले समावेशी बैंकिङ प्रवद्र्धन गर्ने जनाएको छ।
  • बैंकले दृष्टिविहीनका लागि 'स्वाभिमान बचत खाता' सञ्चालनमा ल्याएको छ जसमा मोबाइल बैंकिङ र एटीएम कार्ड सुविधा उपलब्ध छ।

२८ वैशाख, काठमाडौं । कामना सेवा विकास बैंकले समावेशी बैंकिङलाई प्रवद्र्धन गर्न दृष्टिविहीन व्यक्तिका लागि वित्तीय साक्षरता तथा हस्ताक्षर तालिम कार्यक्रम सम्पन्न गरेको गरेको छ ।

सर्वोदय परियोजनासँगको सहकार्यमा आयोजित उक्त कार्यक्रममा दृष्टीविहीन व्यक्तिलाई वित्तीय साक्षरता प्रदान गर्ने उद्देश्यले दुईदिने कार्यशाला गोष्ठी आयोजना गरिएको बैंकले जनाएको छ ।

कार्यक्रममा बैंकका ब्रान्डिङ तथा सीएसआर प्रमुख सुशील पौडेलले बचतको महत्त्व, व्यक्तिगत बजेट निर्माण, पारिवारिक बजेट निर्माण, आर्थिक अनुशासन, आर्थिक लक्ष्य, भविष्यका लगानी अवसर, डिजिटल कारोबार, डिजिटल ठगी लगायतका विषयमा वित्तीय साक्षरता प्रदान गरेका थिए ।

कार्यक्रममा हस्ताक्षर तालिमलाई विशेष प्राथमिकता दिइएको थियो । बैंकिङ कारोबारका क्रममा आवश्यक पर्ने हस्ताक्षर सम्बन्धी व्यवहारिक अभ्यास गराउँदै सहभागीहरूलाई आत्मविश्वासी बनाउने प्रयास गरिएको थियो ।

कार्यक्रममा ४० जना दृष्टिविहीन व्यक्तिहरूको सहभागिता रहेको थियो । बैंकले आगामी दिनमा पनि समावेशी बैंकिङलाई प्रवद्र्धन गर्दै विभिन्न समुदाय लक्षित वित्तीय सचेतना तथा सशक्तीकरणका कार्यक्रमहरू सञ्चालन गर्दै जाने जनाएको छ ।

सोही कार्यक्रममा बोल्दै सर्वोदय परियोजनाका अध्यक्ष युवराज वाग्लेले दृष्टिविहीनहरुलाई बैंकले समावेशी बैंकिङतर्फ गरिएको पहल तथा हस्ताक्षर तालिमप्रति खुसी व्यक्त गर्दै वित्तीय साक्षरता कार्यक्रम उपयोगी र प्रभावकारी रहेको बताए ।

सर्वोदय परियोजनाकै सौगात वाग्ले आफू पनि दृष्टीविहीन भएको र अन्य व्यक्तिहरुले जस्तै बैंकिङ सेवाहरु प्राप्त गरी सुरक्षित रुपले बैंकिङ सेवाहरु उपभोग गरिरहेको बताए ।

कामना सेवा विकास बैंकले दृष्टिविहीनहरूलाई लक्षित गरेर ‘स्वाभिमान बचत खाता’ सञ्चालनमा ल्याएको छ । उक्त खाता खोल्ने दृष्टिविहीनले अन्य व्यक्तिहरूले जस्तै मोबाइल बैंकिङ, एटीएम कार्ड लगायतका सुविधाहरू प्रयोग गर्न सक्ने छन् । बैंकले उक्त खाता खोल्नका लागि दृष्टिविहीन भएको कारणले अतिरिक्त कुनै पनि कागजात वा अन्य कुनै साक्षी आवश्यक नपर्ने र खाता सञ्चालन सम्बन्धी शर्तहरू ब्रेल लिपिमा समेत उपलब्ध गराउँदै आएको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?