+
+
Shares

पहलगाम आक्रमणमा संलग्न टीआरएफलाई अमेरिकाले घोषणा गर्‍यो आतंकवादी

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन २ गते ७:५४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अमेरिकाले द रेजिस्टेन्स फ्रन्ट (टीआरएफ)लाई आतंकवादी संगठन घोषणा गरेको छ।
  • रेजिस्टेन्स फ्रन्टले भारत जम्मु–कश्मिरको पहलगाममा एक नेपालीसहित २६ जनाको हत्या गरेको थियो ।
  • अमेरिकाले यो घटनालाई सन् २००८ को मुम्बई हमलापछि भारतमा नागरिकहरुमाथि भएको सबैभन्दा घातक हमला भनेको छ ।

२ साउन, काठमाडौं । जम्मु–कश्मिरको पहलगाममा एक नेपालीसहित २६ जनाको हत्या गरेको द रेजिस्टेन्स फ्रन्ट (टीआरएफ)लाई अमेरिकाले आतंकवादी संगठन घोषणा गरेको छ । अमेरिकी विदेश मन्त्रालयले विज्ञप्ति जारी गरेर यो जानकारी दिएको हो ।

विज्ञप्तिमा अमेरिकी विदेशमन्त्री मार्को रुबियोले भनेका छन्, ‘लश्कर ए तोयबा (एलईटी)को शाखा टीआरएफले पहलगाममा २२ अप्रिलमा भएको हमलाको जिम्मेवारी लिएको थियो । यसमा २६ जनाको मृत्यु भएको थियो ।’

गत वैशाख ९ गते भारत प्रशासित जम्मुकश्मिरको पर्यटकीय क्षेत्र पहलगाममा घुम्न गएका रुपन्देहीका सुदीप न्यौपानेसहित २६ जनाको गोली हानेर हत्या भएको थियो । अमेरिकाले यो घटनालाई सन् २००८ को मुम्बई हमलापछि भारतमा नागरिकहरुमाथि भएको सबैभन्दा घातक हमला भनेको छ ।

भारतीय विदेश सचिव विक्रम मिश्रले सो घटनापछि प्रेस ब्रिफिङको क्रममा टीआरएफ नै आक्रमणमा संलग्न भएको बताएका थिए । लगत्तै सुरक्षा एजेन्सीहरुले आक्रमणकारीको स्केच सार्वजनिक गरेका थिए ।

आतंकवादीहरूले पर्यटकहरूलाई घेराबन्दीमा पारिसकेपछि सोधपुछ गर्दै गोली दागेर हत्या गरेको भागेर ज्यान बचाएकाहरूले सुनाए । घटनाको केही घण्टापछि प्रतिबन्धित आतंकवादी समूह लश्कर–ए–तोयबा (एलईटी)को शाखा मानिने द रेजिस्टेन्स फ्रन्टले बर्बर हत्याको जिम्मा लियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?