News Summary
Generated by OK AI. Editorially reviewed.- ललितपुर प्रहरीले करिब ३४ लाख रुपैयाँ बराबरका सुनका गरगहना चोरी गरेको आरोपमा तीन जनालाई २२ लाख नगदसहित पक्राउ गरेको छ।
- पक्राउ पर्नेमा सप्तरीका समीर चौधरी, ललितपुरकी पूजा शर्मा जोशी र भारतको बिहार घर भएका श्रवण कुमार रहेका छन्।
- समीरले चोरी गरेको, पूजा जोशीले बिक्रि गरेको र श्रवणले न्यूरोडमा सुन पसल गरेर किन्ने काम गरेको ललितपुरका एसपी गौतम मिश्रले बताए।
२८ वैशाख, काठमाडौं । करिब ३४ लाख रुपैयाँ बराबरका सुनका गरगहना चोरी गरेको आरोपमा तीन आरोपी २२ लाख नगदसहित पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा सप्तरीको खडक नगरपालिका–१० घर भएका २४ वर्षीय समीर चौधरी, ललितपुर कुपन्डोल घर भएकी ४८ वर्षीया पूजा शर्मा जोशी, भारतको बिहार घर भई काठमाडौं न्यूरोड बस्ने ४५ वर्षीय श्रवण कुमार छन् । उनीहरुलाई जिल्ला प्रहरी परिसर ललितपुरले पक्राउ गरेको हो ।
चौधरी चोरी गर्ने व्यक्ति, जोशी चोरीका गरगहना बिक्रि गर्ने र न्यूरोडमा सुन पसल गरेर बस्ने कुमार चोरीका गहना किन्ने व्यक्ति रहेको ललितपुरका एसपी गौतम मिश्रले बताए ।
उनीहरुबाट २२ लाख नगद, करिब ८० ग्रामका सुनका दूई ढिक्का, सुनका चुरा, रिङ,तिलहरी, चन्द्रमा बरामद भएको छ । चौधरीले सानेपा डेरा गरी बस्ने मिनु झाको कोठाबाट १८ लाख ५० हजार बराबरको गहना र सोही ठाउँमा बस्ने वविता छिनाल परियारको कोठाबाट १५लाख ३५ हजारको गहना चोरी गरेको आरोप छ ।
प्रतिक्रिया 4