+
+
Shares

मामाघरबाट बेपत्ता बालकको शव भेटियो

हात र शरीरका विभिन्न भाग काटिएको अवस्थामा उनको शव फेला परेको प्रहरीले जनाएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख २८ गते १८:४४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सिरहा लक्ष्मीपुर पतारी-३ का ३ वर्षीय अभियान्सकुमार यादव दुई दिनदेखि बेपत्ता भएर मृत अवस्थामा फेला परेका छन्।
  • उनको शव बरियारपट्टी गाउँपालिका-४ सोहपुरस्थित मामाघर नजिकै हात र शरीरका विभिन्न भाग काटिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।
  • बालक यादव वैशाख २६ गते दिउँसो १ बजे मामाघरबाट बेपत्ता भएका थिए र खोजबिनपछि शव फेला परेको छ।

२८ वैशाख, जनकपुरधाम । दुई दिनदेखि बेपत्ता सिरहा लक्ष्मीपुर पतारी-३ का बालक अभियान्सकुमार यादव मृत अवस्थामा फेला परेका छन् । सिरहाको बरियारपट्टी गाउँपालिका-४ सोहपुरस्थित मामाघर आएका ३ वर्षीय वर्षीय यादवको शव फेला परेको हो ।

हात र शरीरका विभिन्न भाग काटिएको अवस्थामा उनको शव फेला परेको प्रहरीले जनाएको छ ।

लक्ष्मीपुर पतारी-३ स्थित घरबाट उनी सोहपुरस्थित मामा घर पुगेका थिए । उनी वैशाख २६ गते दिउँसो १ बजे मामाघरबाटै बेपत्ता भएका थिए ।

नजिकका पोखरी तथा विभिन्न स्थानमा खोजबिन गर्दा बालक यादवको शव फेला परेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?