
News Summary
Generated by OK AI. Editorially reviewed.- जेनजी पुस्ताले सामाजिक सञ्जालमा प्रयोग हुने नयाँ स्ल्याङ शब्दहरू प्रयोग गर्छन्, जुन प्रायः अङ्ग्रेजी मूलका हुन्छन् र नेपाली युवाबीच लोकप्रिय छन्।
- यी शब्दहरूले झुटो, सत्य, आकर्षण, आत्मनिर्भरता, साथी, मनोदशा, उत्कृष्टता, विश्वासघात जस्ता भाव र अवस्थाहरू जनाउँछन्।
- जेनजी पुस्ताको भाषा छोटो, मौलिक र नेपांग्रेजी मिश्रित हुन्छ, जसले सामाजिक सञ्जालमा द्रुत संवाद र अभिव्यक्तिलाई सहज बनाउँछ।
Rizz, slay, vibes, fam, GOAT ।
यी शब्दहरू प्राय : शब्दकोषमा भेटिँदैनन् । ठूलो जनसंख्याले यी शब्दहरू अर्थ्याउन सक्दैनन् । एउटा पुस्ता छ, जसले यी शब्द बुझ्छ । बोल्छ । जसलाई ‘जेनजी’ पुस्ता भनिन्छ ।
इन्टरनेटसँगै हुर्केको (सन् १९९७–२०१२ को आसपास जन्मिएका) यो पुस्ताबारे के भनौं ! तपाईंलाई नै धेरै थाहा हुन सक्छ ।
छोटोमा भन्दा जेनजी सामाजिक सञ्जालका सशक्त प्रयोगकर्ता हुन् । त्यसबाहेक त्यहाँ प्रयोग गरिने भाषा (सबै होइन) सिर्जनाका अग्रदूत हुन् ।
जसले गर्दा फेसबुक, टिकटक, इन्स्टाग्राम, ट्विटर (एक्स) हुँदै डिस्कोर्ड र स्न्यापच्याटसम्मको डिजिटल भूगोलमा उनीहरूले बोलेको भाषा पुराना पुस्ताका लागि बुझ्नै गाह्रो छ ।
यो पुस्ताले छोटा, मौलिक, व्यङ्ग्यात्मक र नेपांग्रेजी(नेपाली, अङ्ग्रेजी मिसिएको) भाषा प्रयोग गर्न रुचाउँछन् । यसको कारण उनीहरूको स्वभाव हो । किनकि उनीहरू जे कुरा पनि चाँडो चाहन्छन् । सरल तरिकाले द्रुत गतिमा भएको चाहन्छन् । त्यो समयको आवश्यकता पनि हो ।
तपाईं अघिल्लो पुस्ता हुनुहुन्छ र बार फोनबाट एसएमएस पठाउने गर्नुहुन्थ्यो भने chha लाई Xa लेख्नु भएको सम्झना हुनुपर्छ । अथवा आजकल पनि तपाईंले यसरी लेखिरहनुभएको हुन सक्छ ।
अर्को कुरा पनि सम्झाउँ, आफ्ना साथीभाइहरूबीच मात्र बुझ्ने गरी तपाईंले पक्कै केही ‘कोड ल्याङ्ग्जेज’ बनाउनुभएको हुन सक्छ । हो, त्यसरी नै जेनजी पुस्ताले पनि आफ्नै भाषा बनाएका हुन् ।
यहाँ अघिल्लो पुस्ताको भाषा (स्ल्याङ) जेनजीसहित नवपुस्तालाई बुझ्न गाह्रो हुन्छ भने नवपुस्तालाई अघिल्लो पुस्ताको भाषा बुझ्न।
जे होस्, सामाजिक सञ्जालमा जेनजीको जनसंख्या अलि बढी भएकाले बोलचाल/ मिम/डीएम/कमेन्ट सेक्सन जताततै त्यस्ता ‘स्ल्याङ’ शब्दहरू देखिन्छ । प्राय : अङ्ग्रेजी मूल भएका यस्ता स्ल्याङहरू अहिले नेपाली युवाहरूको बोलिचालीकै शब्द बनिसकेका छन् ।
जेनजीले प्रयोग गरिरहने केही शब्दहरू र तिनको अर्थ
१. Cap
अर्थ : झुटो कुरा
वाक्य : He’s telling straight cap. (उसले पूरै झुटो कुरा गरिरहेको छ)
भन्न खोजेको : यो शब्दले कुनै कुरा झुटो, असत्य वा बकवास हो भन्ने बुझाउँछ । यदि कसैले विश्वास गर्न नसकिने कुरा भन्दैछ वा झुटो बोल्दैछ भने यो शब्द प्रयोग गरिन्छ।
२. No Cap
अर्थ : सत्य / झुटो होइन
वाक्य : This party was lit, no cap ! (यो पार्टी निकै रमाइलो थियो, सत्य !)
भन्न खोजेको : यो शब्दले झुटो होइन, साँच्चै, वास्तवमा वा इमानदारीपूर्वक भन्ने अर्थ दिन्छ । जब कसैले आफ्नो कुरा सत्य हो भनी जोड दिन चाहन्छ, तब यो शब्द प्रयोग गरिन्छ ।
३. Rizz
अर्थ : आकर्षण/प्रभाव पार्ने क्षमता
वाक्य : His rizz is unmatched, he can charm anyone. (उसको प्रभाव पार्ने क्षमता अतुलनीय छ । उसले जो कोहीलाई पनि मोहित पार्न सक्छ)
भन्न खोजेको : यो शब्दले कसैलाई रोमान्टिक वा आकर्षक ढङ्गले प्रभावित पार्ने क्षमतालाई जनाउँछ । यो कसैको रूप वा बोलीचालीको जादुलाई वर्णन गर्न प्रयोग गरिन्छ ।
४. Gyatt
अर्थ : आकर्षक नितम्ब
वाक्य : Look at her, she’s got a huge gyatt. (उसलाई हेर त, उसको आकर्षक नितम्ब छ)
भन्न खोजेको : यो शब्दले आकर्षक वा ठूलो नितम्बलाई बुझाउँछ । यो प्रायः टिकटक वा अन्य सामाजिक सञ्जालमा प्रयोग हुने एक अनौपचारिक र कहिलेकाहीँ आपत्तिजनक मानिने स्ल्याङ हो ।
५. Sigma
अर्थ : आत्मनिर्भर/भीडभन्दा फरक व्यक्ति
वाक्य : He’s a true sigma, always doing his own thing. (सधैं ऊ आफ्नै तालमा चल्छ । ऊ वास्तविक सिग्मा हो)
भन्न खोजेको : यो शब्दले स्वतन्त्र, आत्मनिर्भर र भीडको नियम नमान्ने व्यक्तिलाई जनाउँछ । उनीहरू आफ्नै तालमा चल्छन् । र सामाजिक दबाबभन्दा बाहिर रहन रुचाउँछन्।
६. Bruh
अर्थ : भाइ/साथी (सम्बोधन)
वाक्य : Bruh, you won’t believe what happened! (भाइ, के भयो भनेर तिमीले विश्वास गर्दैनौ!)
भन्न खोजेको : यो साथी वा भाइलाई सम्बोधन गर्न प्रयोग गरिने एउटा अनौपचारिक शब्द हो । कहिलेकाहीँ आश्चर्य, निराशा वा कुनै कुरामा जोड दिन पनि यसको प्रयोग हुन्छ।
७. Vibe Check
अर्थ : मनोदशा वा वातावरण बुझ्ने प्रयास
वाक्य : Just doing a vibe check on everyone today. (आज सबैको मनोदशा कस्तो छ भनेर बुझ्दैछु)
भन्न खोजेको : यो शब्दले कसैको भावनात्मक अवस्था वा कुनै ठाउँको समग्र माहोल कस्तो छ भनेर बुझ्ने अनौपचारिक तरिकालाई जनाउँछ ।
८. Mid
अर्थ : सामान्य/खास नभएको
वाक्य : That new song is kinda mid, not gonna lie. (त्यो नयाँ गीत ठिकै छ, झुट बोलेको होइन)
भन्न खोजेको : यो शब्द कुनै चीज औसत, खास नभएको वा अपेक्षाअनुसार राम्रो नभएको भन्नु पर्दा प्रयोग गरिन्छ ।
९. Caught in 4K
अर्थ : रङ्गेहात समातिनु
वाक्य : You tried to sneak a cookie, but you got caught in 4K ! (तिमीले लुकेर कुकी खान खोज्यौ, तर रङ्गेहात समातियौ)
भन्न खोजेको : यो शब्दले कसैलाई स्पष्ट प्रमाणसहित गल्ती गरिरहेको अवस्थामा समातिनु भन्ने अर्थ दिन्छ । यो प्रायः मजाकको रूपमा प्रयोग गरिन्छ।
१०. Cringe
अर्थ : लाजमर्दो/असहज
वाक्य : His attempt at dancing was totally cringe. (उसको नाच्ने प्रयास पूरै लाजमर्दो थियो)
भन्न खोजेको : यो शब्द जब कुनै कुरा अत्यधिक लाजमर्दो, अप्ठ्यारो वा असहज लाग्छ, तब प्रयोग गरिन्छ । यसले असहजता वा घृणाको भावना व्यक्त गर्छ ।
११. POV (Point of View)
अर्थ : दृष्टिकोण/कल्पना
वाक्य : POV : You’re late for school again. (कल्पना गर्नुहोस् कि तपाईं फेरि स्कुलका लागि ढिलो हुनुभयो)
भन्न खोजेको : यो शब्द दृष्टिकोण वा कुनै विशेष स्थितिको कल्पना भन्ने अर्थमा प्रयोग हुन्छ ।
१२. Gaslight
अर्थ : मानसिक हेरफेर गर्नु
वाक्य : She tried to gaslight me into thinking I was crazy. (उनले मलाई म पागल छु भन्नेर स्वीकार गर्न बाध्य पार्न खोजिन् )
भन्न खोजेको : यो शब्दले कसैलाई मानसिक रूपमा हेरफेर गरेर आफ्नो वास्तविकतामाथि शंका गराउनु भन्ने बुझाउँछ, जसले गर्दा पीडितले आफू गलत भएको महसुस गरोस्।
१३. Ate
अर्थ : उत्कृष्ट प्रदर्शन गर्नु
वाक्य : Her performance today ? She absolutely ate ! (आजको प्रस्तुतिमा उनले एकदमै उत्कृष्ट प्रदर्शन गरिन्)
भन्न खोजेको : यो शब्दले कसैले अत्यन्तै राम्रो प्रदर्शन गर्नु वा कुनै कार्यलाई पूर्णताका साथ पूरा गर्नु भन्ने बुझाउँछ ।
१४. Glow Up
अर्थ : राम्रो देखिनु/सुधार आउनु
वाक्य : She had a major glow up over the summer. (गर्मीयाममा ऊ अझ सुन्दर देखिन थाली)
भन्न खोजेको : यो शब्दले शारीरिक रूपमा वा व्यक्तित्वमा उल्लेखनीय सुधार आउनु, पहिलेको भन्दा धेरै राम्रो देखिनुलाई जनाउँछ ।
१५. Simp
अर्थ : कसैप्रति अत्यधिक झुकाव भएको व्यक्ति
वाक्य : He’s such a simp for her, doing everything she asks. (ऊ त उसका लागि पूरै छ, उसले जे भन्यो त्यही गर्छ)
भन्न खोजेको : यो शब्दले कसैलाई (प्रायः विपरीत लिङ्गीलाई) अत्यधिक ध्यान दिने, प्रशंसा गर्ने वा उसका लागि जे पनि गर्न तयार हुने व्यक्तिलाई जनाउँछ, जुन कहिलेकाहीँ नकारात्मक रूपमा प्रयोग गरिन्छ ।
१६. Bet
अर्थ : पक्का/सहमत छु
वाक्य : Meet me at 7? Bet ! (मलाई ७ बजे भेट्ने ? पक्का !)
भन्न खोजेको : यो शब्दले सहमत छु वा पक्का छु भन्ने अर्थ दिन्छ ।
१७. Sus
अर्थ : सन्दिग्ध/शंकास्पद
वाक्य : That guy acting weird, he’s kinda sus. (त्यो केटा अनौठो व्यवहार गर्दैछ, ऊ अलि शंकास्पद छ ।)
भन्न खोजेको : यो अङ्ग्रेजी शब्द ‘सस्पियस’ (suspicious) को छोटो रूप हो । कुनै कुरा वा व्यक्तिमाथि शंका लाग्दा यसको प्रयोग गरिन्छ ।
१८. Slap
अर्थ : उत्कृष्ट/प्रभावशाली
वाक्य : This new song totally slaps ! (यो नयाँ गीत त पूरै उत्कृष्ट छ !)
भन्न खोजेको : यो शब्दले जब कुनै गीत, फिल्म वा अन्य कलाकृति अत्यन्तै राम्रो वा प्रभावशाली हुन्छ, तब यसको प्रयोग गरिन्छ ।
१९. Noob
अर्थ : अनुभवहीन व्यक्ति
वाक्य : I’m such a noob at this game, I keep losing. (म त यो गेममा पूरै अनुभवहीन छु, बारम्बार हारिरहेको छु ।)
भन्न खोजेको : यो शब्दले कुनै क्षेत्रमा नयाँ वा अनुभवहीन व्यक्तिलाई बुझाउँछ । विशेषगरी अनलाइन गेमहरूको सन्दर्भमा बढी प्रयोग हुन्छ ।
२०. Ghosting
अर्थ : सम्पर्कविहीन हुनु
वाक्य : He completely ghosted me after our first date. (हाम्रो पहिलो भेटपछि ऊ मसँग पूरै सम्पर्कविहीन भयो ।)
भन्न खोजेको : यो शब्दले कसैलाई कुनै सूचना नदिई अचानक सम्पर्क तोड्नु वा सम्पर्कविहीन हुनु भन्ने बुझाउँछ ।
२१. Main Character
अर्थ : सबैको ध्यान तान्ने व्यक्ति
वाक्य : I’m feeling main character energy today. (आज म आफैँलाई सबैको ध्यानमा भएको महसुस गर्दैछु)
भन्न खोजेको : यो शब्दले आफूलाई कसैको जीवनको केन्द्रबिन्दु वा आकर्षक व्यक्तिको रूपमा प्रस्तुत गर्नुलाई जनाउँछ ।
२२. Sending
अर्थ : अत्यधिक हँसाउनु
वाक्य : That comedian was absolutely sending me last night ! (त्यो हास्य कलाकारले हिजो राति मलाई पूरै हँसायो )
भन्न खोजेको : यो शब्दले कसैलाई अत्यधिक हँसाउनु वा मनोरञ्जन दिनु भन्ने बुझाउँछ ।
२३. Rage-Bait
अर्थ : रिस उठाउने नियतले गरेको कार्य
वाक्य : That comment section is full of rage-bait. (त्यो कमेन्ट सेक्सन पूरै रिस उठाउने नियतका कमेन्टहरूले भरिएको छ )
भन्न खोजेको : यो शब्दले मानिसहरूलाई उत्तेजित पार्न वा रिस उठाउनका लागि जानीजानी गरिएको टिप्पणी, पोस्ट वा कार्यलाई जनाउँछ ।
२४. Iykyk (If you know, you know)
अर्थ : बुझ्नेले बुझ्छ
वाक्य : We had an amazing time last night, iykyk. (हामीले हिजो राति निकै रमाइलो समय बितायौं, बुझ्नेले बुझ्छ)
भन्न खोजेको : यो शब्दले गोप्य वा विशेष अनुभव सम्बन्धित व्यक्तिले मात्र बुझ्नछ भन्ने जनाउँछ ।
२५. FYP (For You Page)
अर्थ : (टिकटकको) ‘फर यू’ पेज
वाक्य : This video just popped up on my FYP. (यो भिडियो भर्खरै मेरो ‘फर यू’ पेजमा आयो)
भन्न खोजेको : यो शब्द टिकटकको एल्गोरिदमले प्रयोगकर्ताको रुचिअनुसार सिफारिस गर्ने भिडियोहरूको पेजलाई जनाउँछ ।
२६. Periodt
अर्थ : कुरा यही हो / अन्तिम सत्य
वाक्य : I’m right about this, periodt. (म यो कुरामा सही छु, कुरा यही हो)
भन्न खोजेको : यो शब्दले कुनै कुरामा जोड दिन वा आफ्नो भनाइमा पूर्ण विराम लगाउन प्रयोग गरिन्छ, जसको अर्थ ‘यही नै अन्तिम सत्य हो’ भन्ने हुन्छ ।
२७. Drip
अर्थ : आकर्षक पहिरन/स्टाइल
वाक्य : Your drip is looking fresh today (आज तिम्रो पहिरनको स्टाइल त खतरा देखिँदैछ)
भन्न खोजेको : यो शब्दले कसैको पहिरनको स्टाइल वा फेसन आकर्षक र प्रभावशाली भएको अवस्थामा प्रयोग गरिन्छ ।
२८. Bussin’
अर्थ : अत्यन्तै स्वादिष्ट/उत्कृष्ट (खाना)
वाक्य : This thakali is absolutely bussin’! (यो थकाली त एकदमै स्वादिष्ट छ!)
भन्न खोजेको : यो शब्द खाना अत्यन्तै स्वादिष्ट वा उत्कृष्ट भएको बताउन प्रयोग गरिन्छ ।
२९. Betrayal
अर्थ : विश्वासघात (खासगरी साथीभाइबीचको सानो कुरामा)
वाक्य : You ate the last slice of pizza ? That’s a total betrayal! (तिमीले पिज्जाको अन्तिम टुक्रा खायौ ? यो त पूरै विश्वासघात हो)
भन्न खोजेको : यो शब्द ठूलो विश्वासघात नभई, साथीभाइबीचको सानो कुरामा अपेक्षा विपरीत कार्य गर्दा वा धोका दिँदा मजाकको रूपमा प्रयोग हुन्छ ।
३०. Slay
अर्थ : उत्कृष्ट प्रदर्शन गर्नु/प्रभावित पार्नु
वाक्य : She totally slayed her presentation today. (उसले आजको प्रस्तुतिमा पूरै उत्कृष्ट प्रदर्शन गरिन्)
भन्न खोजेको : यो शब्दले कसैले कुनै कार्यमा असाधारण रूपमा राम्रो प्रदर्शन गर्नु, अत्यधिक प्रभावशाली हुनु वा अरूलाई मोहित पार्नु भन्ने बुझाउँछ ।
यीबाहेक हामीले लेखको सुरुमै Rizz शब्द प्रयोग गरेका थियौं । यो शब्दले जिस्किने सीपबारे अर्थ दिन्छ । fam अङ्ग्रेजी शब्द family को छोटो शब्द हो भने Greatest Of All Time को लघु रूप GOAT । यिनले क्रमश : परिवार र महान भन्ने अर्थ दिन्छ ।
तपाईंलाई अन्योल नहोस्, यस्ता जेनजी शब्दहरू यति मात्र छैनन् । सयौं छन् । कुनै शब्द बुझ्नु भएन, इन्टरनेटमा सर्च गरिहाल्नुहोस् । अथवा रेडिट, क्वेरा जस्ता कम्प्युनिटीमा आधारित सामाजिक सञ्जालमा जोडिइहाल्नुहोस् ।
किनकि भाषाको परिवर्तनशील गुणका कारण नवपुस्ताले नयाँ नयाँ शब्द बनाइरहेका छन् । जुन कुनै पनि नौलो घटना भने होइन । बस्, हामीलाई थाहा नभएको अथवा सम्बन्धित मात्र नभएको हो ।
कि के हो ब्रुअ ?
प्रतिक्रिया 4