+
+
Shares

सपिङ मलमा आगो लाग्दा इराकमा ६० जनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन १ गते १५:२४

१ साउनकाठमाडौं । इराकको कुट शहरस्थित एक ठूलो सुपरमार्केटमा भयावह आगलागी हुँदा अहिलेसम्म ६० जनाको ज्यान गएको छ भने ११ जना अझै हराइरहेका छन् ।

शहरका एक स्वास्थ्य अधिकारीले समाचार संस्था रोयटर्सलाई दिएको जानकारीअनुसार ५९ शवको पहिचान भइसकेको छतर एउटा अत्यधिक जलेको शवको पहिचान गर्न निकै गाह्रो भइरहेको छ।

इराकको सरकारी समाचार संस्था आईएनएले त्यहाँका क्षेत्रीय गभर्नरलाई दिएको जानकारीअनुसारभवन र मलका मालिकविरुद्ध मुद्दा दर्ता गरिएको छ। यो मल पाँच दिन अघि मात्रै सञ्चालनमा आएको थियो। अहिले भने आगो नियन्त्रणमा आएको बताइएको छ।

कसरी लाग्यो आगो ?

हालसम्म आगलागीको वास्तविक कारण खुल्न सकेको छैनतर गभर्नरले घटनाको अनुसन्धान सुरु भइसकेको र आगामी ४८ घण्टाभित्र प्रारम्भिक प्रतिवेदन सार्वजनिक गरिने बताएका छन्।

सामाजिक सञ्जालमा भाइरल भएका भिडियोहरूमा शहरको पाँच तल्ले भवन आगोले ढाकिएको छ र दमकलकर्मी आगो निभाउने प्रयासमा जुटिरहेका छन्।

आगलागी पहिलो तल्लाबाट सुरु भई पूरै भवनमा फैलिएको हो। एक प्रत्यक्षदर्शीका अनुसार आगलागी एक एयर कन्डिसनर विस्फोटबाट सुरु भएको थियो।

घटनापछि पूरा प्रदेशमा तीन दिनको शोक घोषणा गरिएको छ।

४५ जनाको उद्धार

भाइरल भिडियोहरूमा पाँच तल्ले भवनबाट भीषण आगोको लप्का र धुवाँ निस्किरहेको देखिन्छजहाँ फायर फाइटरको टोली आगो निभाउन र मानिसहरूलाई उद्धार गर्न लागि परेका छन्।

इराकको गृह मन्त्रालयका अनुसार सिभिल डिफेन्स टोलीले ४५ भन्दा बढी व्यक्तिलाई उद्धार गरेका छन्तर अझै धेरै जना हराइरहेका छन्।

इराकका प्रधानमन्त्री मोहम्मद शिया अल-सुदानीले गृह मन्त्रीलाई घटनास्थलमा पुगेर अनुसन्धान गर्न र भविष्यमा यस्ता घटना रोक्न आवश्यक उपाय अपनाउन निर्देशन दिएका छन्।

इराक लामो समयदेखि आन्तरिक द्वन्द्वबाट गुज्रिरहेको देश हो । यहाँ सुरक्षा मापदण्डहरूमा खास ध्यान दिइँदैन। यही कारण यस्ता दुर्घटनाहरू बारम्बार भइरहन्छन्। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?