+
+
Shares

अन्तरिक्षमा एआई डेटा सेन्टर बनाउँदै गुगल

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक २० गते १३:४७

विश्वभरका ठूला एआई कम्पनीहरू डाटा सेन्टरको भविष्यका लागि नयाँ सम्भावनाहरू खोजिरहेका छन् । कसैले जमिनमा त कोही समुद्रभित्र ।

तर, यस दिशामा दिग्गज प्रविधि कम्पनी गुगल एक पाइला अगाडि बढेको छ । गुगलले अन्तरिक्षमा एआई कम्प्युटिङ सिस्टम बनाउने तयारी गरेको छ । जसलाई भविष्यमा डाटा सेन्टरुको रूपमा पनि प्रयोग गर्न सकिनेछ ।

यस महत्त्वाकांक्षी योजनामा कम्पनीले एक सफल परीक्षण पनि गरिसकेको छ, जसको जानकारी स्वयं सीईओ सुन्दर पिचाईले सामाजिक सञ्जाल मार्फत दिएका छन् ।

प्रोजेक्ट सनक्याचरु को सफलता

सुन्दर पिचाईले जानकारी दिए अनुसार, गूगलले पृथ्वीको तल्लो कक्षमा पाइने विकिरणको अवस्थालाई अनुकरण गर्दै ट्रिलियम(जेनेरेसन टेन्सर प्रोसेसिङ यूनिट्सु (TPUs) को सफल परीक्षण गरेको छ ।

पिचाईका अनुसार टिपियू विशेष प्रकारका चिप हुन्, जसलाई आर्टिफिसियल इन्टेलिजेन्स को कामलाई तीव्र गतिमा र उत्कृष्ढ ढंगले गर्नका लागि तयार पारिएको परीक्षणका क्रममा उच्च विकिरणयुक्त वातावरणमा पनि ती चिपमा कुनै पनि क्षति पुगेन ।

यो सफलता प्रोजेक्ट सनक्याचरु का लागि ठूलो उपलब्धि हो । यस परियोजनामार्फत गुगलले अन्तरिक्षमा एआई कम्प्युटिङ प्रणाली स्थापना गर्न चाहन्छ, जसलाई सूर्यको प्रकाशबाट शक्ति प्राप्त हुनेछ ।

गुगलको यस अत्याधुनिक हार्डवेयर सिस्टमले बाह्य अन्तरिक्षको उच्च रेडिएसन र तीव्र तापमान परिवर्तन जस्ता खतरनाक वातावरणको पनि सामना गर्न सक्ने यो उक्त परीक्षणको सफलताले देखाएको छ ।

स्मरण रहोस् च्याट जिपीटी, जेमिनाइ तथा क्लाउडेजस्ता एआई मोडेलहरू चलाउनका लागि अत्यधिक बिजुली को आवश्यकता पर्छ । उक्त ऊर्जा उत्पादनमा कोइला, ग्यास वा डिजेलको प्रयोग गर्दा ठूलो परिमाणमा प्रदूषक ग्याँस उत्पन्न हुन्छ ।

सोही कारण यो प्रणालीलाई सौर्य ऊर्जाबाट सञ्चालन गर्ने गुगलको चाहना छ।  अन्तरिक्षमा सोलार प्यानलहरू पृथ्वीको तुलनामा ८ गुणासम्म बढी कुशल हुन सक्छन् र लगभग निरन्तर सूर्यको प्रकाश प्राप्त गर्न सक्छन् । यसले पृथ्वीको उर्जा स्रोतहरूमाथिको दबाबलाई कम गर्ने विश्वास राखिएको छ ।

२०२७ को समयसीमा

गुगलका सीईओ सुन्दर पिचाईका अनुसार, यदि सबै कुरा योजना अनुसार अघि बढ्यो भने, गूगलले २०२७ को सुरुसम्ममा प्लानेट नामक कम्पनीसँग मिलेर आफ्नो दुईवटा प्रोटोटाइप स्याटेलाइट प्रक्षेपण गर्नेछ ।

यो कदम अन्तरिक्षमा एआई हार्डवेयरको सञ्चालन र त्यहाँ स्थापना हुने मेसिन लर्निङ कार्यहरूको सम्भाव्यता परीक्षण गर्नका लागि महत्त्वपूर्ण कदम हुनेछ ।

– एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?