+
+
Shares

च्याट जीपीटीको एक कदमले गुगललाई डेढ खर्ब डलरको झट्का

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक ८ गते १८:१२

आर्टिफिसियल इन्टेलिजेन्स कम्पनी ओपन एआईले च्याट जीपीटी एटलास नामक वेब ब्राउजर लञ्च गरेको छ । एआई क्षमतायुक्त यो ब्राउजरले बजारमा प्रवेश गर्ने वित्तिकैबाट गुगलका लागि ठूलो चुनौती खडा गर्न सुरु गरिदिएको छ ।

च्याट जीपीटीको वेब ब्राउजर लञ्च भएको भोलिपल्टै इन्टरनेट जाएन्ट गुगलको मातृ कम्पनी अल्फाबेटको शेयर मूल्यमा भारी गिरावट देखियो । सोही कारणले कम्पनीको बजार पुँजीकरण १ खर्ब ५० अर्ब डलरले घट्न पुग्यो ।

ओपन एआईले एक क्रिप्टिक भिडियो पोस्टममार्फत् च्याट जीपीटी एटलास ब्राउजर सार्वजनिक गरेको थियो । ६ सेकेण्डको उक्त भिडियोमा ब्राउजरको झलक देखाइएको थियो ।

पछि एक लाइभ स्ट्रिमिंगको माध्यमबाट कम्पनीका सीईओ साम अल्टम्यानले सो ब्राउजर लञ्च गरेका थिए । उक्त अवसरमा अल्टम्यानले ब्राउजरले के सम्म पनि गर्न सक्छ भन्ने कुराको पुनर्विचार गर्ने मौका प्राप्त भएको र त्यो निकै दुर्लभ पल भएको बताए ।

ओपन एआईले उक्त एआई ब्राउजरको लञ्चिंगको असर तुरुन्तै बजारमा देखियो । गत मंगलबार च्याट जीपीटी ब्राउजर लञ्च भएको एक घण्टामै गुगलको मातृ कम्पनी अल्फाबेटको शेयर मूल्यमा ४.८ प्रतिशतको गिरावट देखियो । यद्यपि बजार बन्द हुुँदा शेयर मूल्यमा केही सुधार आयो । तथापि समग्रमा मंगलबार अल्फाबेटको शेयर मूल्इमा २.४ प्रतिशतले गिरावट आई प्रतिशेयर २५०.४६ डलरमा रोकियो ।

प्रतिशेयर मूल्यमा आएको गिरावटका कारण अल्फाबेट कम्पनीको बजार मूल्यमा पनि भारी गिरावट देखियो । उसो त अल्फाबेटको बजार पुँजीकरण ३.०५ ट्रिलियन डलरको रहेको छ । त्यसमा डेढ खर्ब डलर एक दिनमै नोक्सान भएको छ ।

ओपन एआईलले आफ्नो च्याट जीपीटी एटलास ब्राउजरलाई क्रान्तिकारी प्रडक्ट भनेको छ । अर्थात् यो केवल गुगल क्रोमजस्ता पारम्परिक वेब ब्राउजरको प्रतिस्पर्धी मात्र होइन ।

हालका लागि यो एआई ब्राउजर केवल म्याक अपरेटिंग सिस्टममा मात्र उपलब्ध छ । छिटै नै यसलाई मोबाइल तथा विन्डोजमा पनि जारी गर्ने तयारी कम्पनीको छ ।

एटलास वेब ब्राउजरमा च्याट जीपीटीलाई सिधै वेबपेजमा एकीकृत गरिएको छ । त्यसैले अब प्रयोगकर्ताले च्याट जीपीटीमा कुनैपनि  चिज सर्च गर्दा ट्याब परिवर्तन गर्नुपर्दैन ।

यो ब्राउजरको अर्को विशेष फिचर भनेको एजेन्ट मोड हो । यसमा एआईले प्रयोगकर्ताका लागि काम गर्न सुरु गर्दछ ।

यो मोडमा एआईले प्रयोगकर्ताको किबोर्ड तथा कर्सरलाई नियन्त्रण गर्दै टिकट बुक गर्नेदेखि कुनै चिजका बारेमा इन्टरनेटमा सर्च गर्नेसम्मका विभिन्न टास्कहरु पूरा गर्न सक्दछ । यावत् कामहरु यो ब्राउजरमा एआईले नै गरिदिनेछ र प्रयोगकर्ताले केवल कमान्ड दिएमात्रै हुनेछ । एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

छुटाउनुभयो कि ?