
News Summary
Generated by OK AI. Editorially reviewed.- युट्युबले १० करोडभन्दा बढी सब्सक्राइबर भएका सक्रिय र नियमपालन गर्ने च्यानललाई रेड डायमण्ड क्रियटर अवार्ड प्रदान गर्दछ।
- सन् २०२५ सम्म १४ वटा युट्युब च्यानलले रेड डायमण्ड प्ले बटन पाएका छन्, जसमा टी सिरिज, प्यूडीपाइ र मिस्टर बिष्ट पनि छन्।
- रेड डायमण्ड अवार्ड पाउनका लागि च्यानलले कम्तिमा ६ महिनामा एउटा भिडियो अपलोड गरेको र कम्युनिटी गाइडलाइन्स उल्लंघन नगरेको हुनुपर्छ।
३० असोज, काठमाडौं। युट्युबमा क्रियटरहरुका लागि सब्सक्राइबर बढाउनु केवल एक संख्या बढ्नुमात्र होइन, त्यो उनीहरुको यात्रा तथा मेहेनतको प्रमाणको रुपमा रहेको हुन्छ ।
सोही कारणले युट्युबले आफ्ना सबैभन्दा लोकप्रिय सर्जकहरुलाई विशेष खालको प्ले बटनले सम्मान गर्दछ । यसमा सबैभन्दा ठूलो तथा प्राप्त गर्न कठीन हुने अवार्ड चाहीँ रेड डायमण्ड क्रियटर अवार्ड हो।
इो अवार्ड केवल त्यस्ता युट्युब च्यानललाई मात्र दिइन्छ, जसका सब्सक्राइबरको संख्या १० करोड भन्दा धेरै हुन्छ ।
यो अवार्ड युट्युबको दुनियाँमा सबैभन्दा माथिल्लो स्थान हाँसिल गर्ने क्रियटरहरुलाई दिइन्छ ।
अहिलेसम्म निकै कममात्र क्रियटरहरु यो स्थानसम्म पुग्न सकेका छन् । त्यसैले युट्युबको रेड डायमण्ड बटनलाई निकै एक्सक्लूसिभ मानिन्छ ।
कसले पाउँछ रेड डायमण्ड प्ले बटन ?
यो अवार्ड पाउनका लागि केवल १० करोड सब्सक्राइबर हुनुमात्र पर्याप्त हुँदैन । योसँगै अन्य विभिन्न कडा शर्तहरु पनि पूरा गर्नुपर्ने हुन्छ, जसमाः
युट्युब च्यानल सक्रिय हुनुपर्छ र पछिल्लो ६ महिनामा कम्तिमा पनि एउटा भिडियो अपलोड भएको हुनुपर्छ ।
च्यानलले कम्युनिटी गाइडलाइन्स कुनैपनि उल्लंघन नगरेको हुनुपर्छ । अर्थात् त्यस्तो उल्लंघनको अवधि सक्रिय रहेको हुनु हुँदैन ।
युट्युबमा अपलोड हुने सामाग्री पूर्णरुपमा मौलिक तथा आधिकारिक हुुनुपर्छ अर्थात् कपी–पेस्ट वा स्पाम हुनुहुँदैन ।
च्यानल पूर्णरुपमा युट्युबको सेवाका शर्त बमोजिमको हुनुपर्छ ।
सम्बन्धित युट्युब च्यानल बन्द गरिसकिएका अकाउन्टसँग जोडिएको हुनु हुँदैन ।
रेड डायमन्ड प्ले बटनका विशेषता
यो अवार्ड डायमण्ड प्ले बटनबाट प्रेरित छ । तर यसमा हिराजस्तो चम्किलो गाढा रातो रङको ठूलो क्रिस्टल लगाईएको हुन्छ, जुन प्ले बटन युट्युब लोगोको त्रिभुजाकारमा हुन्छ । यो चाँदीको पाताको धातुबाट बनाइएको हुन्छ ।
वास्तवमा कुनैपनि कुनै चानचुने युट्युब च्यानलमा १० करोड सब्सक्राइबर हासिल गर्नु असम्भव जस्तै हुन्छ । त्यसैले अहिलेसम्म केवल १४ जना युट्युबरले मात्र युट्युबको रेड डायमण्ड बटन पाउन सकेका छन् ।
अहिलेसम्म रेड प्ले बटन कति जनाले पाए ?
गुगलका अनुसार सन् २०२५को जुन महिनासम्म १४ वटा च्यानल्स युट्युबको रेड डायमण्ड प्ले बटन पाएका छन् । जसमा टी सिरिज, प्यूडीपाइ, कोकोमेलोन, सेट इन्डिया, मिस्टर बिष्ट, किड्स डायना शो, लाइक नस्यता, भ्लाद एण्ड निकी, डब्लूडब्लूई, जी म्युजिक कम्पनी, गोल्डमाइन्स, स्टोकट्विन्स, सोनी सब र किम्प्रो रहेका छन् ।
युट्युबका अन्य अवार्ड
युट्युबले प्रदान गर्ने यस सर्वोच्च अवार्डभन्दा अगाडि उसले विभिन्न कोशेढुंगा पार गर्ने युट्युब च्यानललाई अन्य अवार्ड पनि दिने गरेको छ । जस अन्तरगत १ लाख सब्सक्राइबर हुने युट्युब च्यानललाई सिल्भर क्रियटर अवार्ड दिइन्छ भने १० लाख सब्सक्राइबर पुग्दा गोल्ड क्रियटर अवार्ड प्रदान गरिन्छ ।
उल्लिखित जुनसुकै अवार्ड दिनुभन्दा अगाडि युट्युबले च्यानलहरुको सुक्ष्म ढंगले समीक्षा गर्दछ ताकि सम्बन्धित च्यानलले सबै प्रकारका नियमहरुको पालना गरेको तथा दर्शकहरुलाई मौलिक तथा सुरक्षित खालका सामाग्री पस्किरहेको सुनिश्चित होस् ।
त्यसैले रेड डायमण्ड बटन केवल एउटा अवार्ड मात्र होइन र यो क्रियटरहरुका लागि एउटा यस्तो स्थान हो जसले उनीहरुका सामाग्रीसँग विश्वभरका दर्शकहरु जोडिएको तथा अपार सफलता प्राप्त गरेको पहिचान दिन्छ । एजेन्सीको सहयोगमा
प्रतिक्रिया 4