+
+
Shares

नयाँ फोन किन्दा अब चार्जर मात्र होइन युएसबी केबलसमेत पाइनेछैन

एजेन्सी एजेन्सी
२०८२ असोज २३ गते १२:०१

पछिल्लो केही समयदेखि स्मार्टफोनको प्याकेजिङ हलुका बन्दै गइरहेको छ । सुरुमा स्मार्टफोन कम्पनीहरुले नयाँ फोनको प्याकेटबाट चार्जिङ एडप्टर हटाए । अब चाहिँ यस्तो हटाउने पालो युएसबी केवलको आएको देखिएको छ ।

हालै सोसल मिडिया प्लाटफर्म रेडिटमा गरिएको एक पोस्टमा सोनीको क्यलथ Sony Xperia 10 VII को बक्समा चार्जर एडप्टर मात्र नभई युएसबी केवल समेत नरहेको खुलासा गरिएको छ ।

उक्त बक्सको पछाडि यसबारेमा प्रष्टसँग उल्लेख गरिएको छ । अर्थात् नयाँ फोनको बक्समा चार्जर एडाप्टर र युएसबी केबल समेत नराख्ने कदम कम्पनीले जानीबुझी उठाएको हो ।

अन्य कम्पनीले समेत सिको गर्नेछन्

प्रविधि जगतमा सोनी कम्पनीले सदैव बजारका ट्रेण्डलाई फलो गर्दै आएको छ । त्यसैले उसले लिएको यो नयाँ निर्णय आगामी दिनमा स्मार्टफोन उद्योगका लागि नयाँ मानक सावित हुनसक्छ । भविष्यमा अन्य कम्पनीहरुले समेत यस ट्रेण्डमा सामेल हुँदै आफ्ना नयाँ फोनको प्याकेटमा युएसबी केबल दिन बन्द गर्ने सम्भावना छ ।

स्मरण रहोस् नयाँ फोनसँगै चार्जिङ एडप्टर दिन बन्द गर्ने चलन सुरुमा एप्पलले चलाएको थियो । पछि त्यसलाई सामसुङ लगायतका स्मार्टफोन कम्पनीहरुले पछ्याए र आफ्नो नयाँ फोनको प्याकेटबाट चार्जिङ एडप्टर हटाइदिए । त्यसैले अब स्मार्टफोन बक्समा युएसबी केवल समेत नराखिनु सामान्य कुरा हुनसक्नेछ ।

पर्यावरण बचाउन कि नाफा कमाउन ?

हरेक नयाँ फोनसँगै युएसबी केबलसमेत दिने चलनलाई हटाउनुको उद्देश्य विद्युतीय फोहोर कम गर्नु तथा प्लास्टिक प्याकेजिङ समेत कम गर्नु रहेको तर्क स्मार्टफोन निर्माता कम्पनीहरुको छ ।

वास्तवमा अहिले अधिकांश स्मार्टफोन प्रयोगकर्तासँग पहिले नै प्रयोग गर्दै आएका युएसबी-सी केबल हुन्छन् । यस्तोमा फोनको बक्समा अर्को नयाँ केबल हाल्नु व्यर्थ रहेको बताइन्छ । तर, यसको अर्को पाटो के पनि छ भने यसरी नयाँ फोनसँगै दिनुपर्ने विभिन्न एक्सेसरीजहरु ह्टाउँदा स्मार्टफोन कम्पनीहरुको लागत घट्दछ र नाफा बढ्दछ ।

new sony xperia phone launched without charging cable other companies may follow this trend

भलै यसो गर्दा कम्पनीहरुले एउटा फोनमा निकै थोरै रकम मात्र बचत गरेका हुनछन् । तर, करोडौं गोटा फोन बिक्री हुँदा उक्त बचत अर्बौं रुपैयामा पुग्दछ ।

साथै कम्पनीले चार्जिङ एडाप्टर तथा युएसबी केबललाई फोन एक्सेसरीरजको रुपमा छुट्टै बिक्री गरेर अतिरिक्त आर्जन पनि गर्दछन् ।

कमसल केबलबाट खतरा

तपाईंसँग फोन चार्ज गर्नका लागि पहिले नै धेरैवटा युएसबी केवल हुनसक्छन् । तर ती सबै विश्वसनीय नहुन सक्दछन् । सस्तो मूल्य, अप्रमाणिकृत, कमसल तथा नन ब्राण्डेड केबलबाट सुस्त चार्जिङ मात्र होइन फोन धेरै तात्ने तथा शर्ट सर्किट जस्ता समस्या उत्पन्न हुन सक्दछन् ।

कतिपय प्रयोगकर्ताले लामो समयसम्म प्रयोग गरेसँगै केबल जल्ने वा कनेक्टर बिग्रिने जस्ता समस्या भोगेका हुन्छन् । यस्तोमा प्रयोगकर्ताले पटक पटक नयाँ केबल खरिद गर्नुपर्छ, जसले विद्युतीय फोहोरको मात्रा झनै बढ्दछ । अर्थात् वातावरणमैत्री हुने कम्पनीहरुको तर्क कमजोर सावित हुन्छ ।

new sony xperia phone launched without charging cable other companies may follow this trend

एप्पल र सोनीले सुरु गरेको ट्रेन्ड

एप्पलले हालै लञ्च गरेको आफ्नो एयरपड्स मोडेलमा नयाँ युएसबी-सी केबल दिन बन्द गरेको छ । त्यस्तै सोनीले पनि आफ्नो स्मार्टफोनमा सोही कदम उठाएको छ । यदि इतिहास दोहोरिएमा निकट भविष्यमै सामसुङ लगायतका अन्य ठूला स्मार्टफोन कम्पनीहरु समेत यहीँ बाटोमा अघि बढ्नेछन् ।

यद्यपि नयाँ फोनको प्याकेटबाट चार्जिङ एडप्टरपछि केबल समेत हटाउने कम्पनीहरुको कदमप्रति स्मार्टफोन प्रयोगकर्ताहरुको राय एकै प्रकारको छैन । कतिपय प्रयोकगर्ताहरुले अहिलेको समयमा जोकोहीसँग अतिरिक्त केबलहरु रहेको हुनाले हरेक नयाँ फोनको प्याकेटमा त्यसलाई राख्नु आवश्यक नरहेको बताएका छन् । तर, हजारौं रुपैयाँ खर्च गरेर नयाँ फोन खरिद गर्दा नयाँ तथा ब्रान्डेड चार्जिङ केबलसमेत हुनु आधारभूत आवश्यकताको रुपमा रहेको कतिपयको तर्क छ ।

लेखक
एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?