युट्युबमा भिडियो हेर्दाहेर्दै ‘शर्ट्स’ को अनन्त संसारमा हराउने र समय खेर फाल्ने समस्याबाट अब मुक्ति मिल्ने भएको छ।
युट्युबले आफ्नो ‘टाइम म्यानेजमेन्ट’ फिचरलाई अपडेट गर्दै प्रयोगकर्ताहरूलाई कुनै पनि थर्ड-पार्टी एप्स बिना नै शर्ट्स फिडलाई पूर्ण रूपमा ब्लक गर्ने सुविधा दिएको छ ।
सुरुवातमा अभिभावकहरूका लागि ल्याइएको यो फिचर अहिले अप्रिल १६, २०२६ देखि सबै प्रयोगकर्ताका लागि उपलब्ध गराइएको छ।
शर्ट्स बन्द गर्ने तरिका यस प्रकार छ:
-
सेटिङ्समा जानुहोस्: आफ्नो एन्ड्रोइड वा आईओएस उपकरणमा युट्युब एप खोल्नुहोस्। स्क्रिनको तल दायाँ कुनामा रहेको आफ्नो प्रोफाइल आइकनमा थिचेर ‘सेटिङ्स’ भित्र जानुहोस्।
-
टाइम म्यानेजमेन्ट: सेटिङ्स भित्र रहेको ‘टाइम म्यानेजमेन्ट’ सेक्सनमा जानुहोस्। यहाँ युट्युबले प्रयोगकर्ताको समय जोगाउन र ध्यान भत्किन नदिन विभिन्न विकल्पहरू राखेको छ।
-
शर्ट्स फिड लिमिट अन गर्नुहोस्: त्यहाँ रहेको ‘Shorts feed limit’ विकल्पलाई अन (Toggle on) गर्नुहोस्। यसअघि यहाँ कम्तीमा १५ मिनेटको सीमा राख्नुपर्ने हुन्थ्यो, तर नयाँ अपडेटमा यसलाई ‘जिरो’ बनाउन सकिन्छ।
-
समय सीमा ‘०’ मिनेट बनाउनुहोस्: आफ्नो दैनिक सीमालाई ‘० मिनेट’ (0 Minutes) मा सेट गर्नुहोस्। यसो गर्दा युट्युबले तपाईँलाई शर्ट्स देखाउन तुरुन्तै बन्द गर्नेछ।
यो फिचर सुचारु गरेपछि के हुन्छ ?
जब तपाईँले समय सीमा शून्यमा सेट गर्नुहुन्छ, युट्युबको शर्ट्स ट्याबमा कुनै पनि भिडियोहरू देखिने छैनन्।
बरु त्यहाँ “तपाईँले आफ्नो शर्ट्स फिडको सीमा पूरा गर्नुभयो” (Reached your Shorts feed limit) भन्ने सन्देश देखिनेछ। धेरैजसो अवस्थामा तपाईँको होम फिड बाट पनि शर्ट्सका सामग्रीहरू हराउनेछन्।
प्रतिक्रिया 4