News Summary
Generated by OK AI. Editorially reviewed.- वैज्ञानिकहरुले अन्तरिक्षमा डिटर्जेन्ट नचाहिने वासिङ मेसिन आविष्कार गरेका छन् जसले पानीको प्रयोग नगरी कपडा सफा गर्दछ।
- यो मेसिनले अल्ट्रासोनिक एटमाइजेसनबाट वाफयुक्त तुवाँलो र ओजोनको मद्दतले कपडा धुने गर्दछ।
- चीनको तियाङगोंग स्पेस स्टेशनमा पानीको अभाव र पुनःचक्रण प्रणालीका कारण कपडा धुन कठिनाइ छ।
काठमाडौं । अन्तरीक्षयात्रीहरुले अन्तरिक्षमा रहँदा विभिन्न नयाँ कुराहरुमा बानी पार्नुपर्छ । उनीहरुले अन्तरिक्षमा आफ्ना फोहोर कपडा धुन पाउँदैनन् । त्यसैले उनीहरुले अन्तरिक्षमा बसुन्जेल नधोईएका कपडा लगाउनुपर्ने बाध्यता थियो । तर अब चाहीँ वैज्ञानिकहरुले यस्तो समस्याको समाधान खोजेका छन् ।
वैज्ञानिकहरुका अनुसार उनीहरुले अन्तरिक्षमा कपडा धुनका लागि एउटा नयाँ आविष्कार गरेका छन् । त्यो हो डिटर्जेन्ट नै नचाहिने वासिङ मेसिन । यो वासिङ मेसिनले पानीको प्रयोग नगरिकनै वाफयुक्त तुवाँलो र ओजोनको मद्दतले कपडा सफा गर्दछ ।
चिनियाँ अन्तरिक्षयात्री अनुसन्धान एवम् प्रशिक्षण केन्द्रका अनुसार यो वासिङ मेसिन एउटा क्यूब आकारको र एउटा ह्याण्डक्यारी सुटकेस भन्दा केहीमात्र ठूलो छ । यसको वजन करीब १२ केजी छ।
केन्द्रका वैज्ञानिकहरुका अनुसार उक्त मेसिनले ८ सय ग्राम वजनसम्मका कपडा धुनका लागि एक पटकमा केवल ४ सय मिलिलिटर मात्रै पानीको उपयोग गर्दछ । तर त्यो पानी पनि तरल रुपमा हुनेछैन ।
सो पानी अल्ट्रासोनिक एटमाइजेसनको माध्यमबाट एउटा अति सुक्ष्म वाफयुक्त तुवाँलो दिइन्छ । आम वासिङ मेसिनमा प्रयोग हुने डिटर्जेन्टको साटो यस मेसिनले ओजोन उत्पन्न गर्नका लागि परावैजनी प्रकाशको प्रयोग गर्दछ जुन एक शक्तिशाली किटाणुनाशक हो । यसरी धोईएका कपडाहरु पाँच पटकसम्म लगाउँदा पनि त्यसमा कुनै किटाणु बस्न सक्दैनन् ।
अन्तरिक्षमा पानीको अभाव र सदुपयोग
अन्तरिक्ष स्टेशनमा पानी सबैभन्दा मूल्यवान तथा दुर्लभ श्रोत हो । चीनको तियाङगोंग स्पेस स्टेशनमा पनि अवस्था त्यहीँ हो ।
स्पेस स्टेशनमा अन्तरिक्षयात्रीले प्रयोग गर्ने हरेक थोपा थोपा पानी पुनःप्रयोग गरिन्छ। त्यसैले कपडा धुनका लागि पानी उपलब्ध हुने कुरै भएन ।
अन्तरिक्षयात्रीहरुलाई अन्तरिक्षमा उपलबध गर्नेमध्ये अधिकांस पानी अत्याधुनिक पुनःचक्रण प्रणालीबाट प्राप्त हुन्छ । यसले स्वास, पसिना, पिसाब र नुहाएका पानी समेत जम्मा गरेर शुद्धिकरण गर्दछ । त्यसरी रिसाइकल गरिएको पानीलाई अन्तरिक्षयात्रीहरुले पिउन र सरीरको सरसफाईँमा प्रयोग गर्दछन् ।
पृथ्वीबाट अन्तरिक्षमा पानी आपूर्ति गर्न निकै महंगो पर्ने भएकाले पानीका हरेक थोपा थोपाको शुद्धिरकण र उपयोग गरिन्छ ।
हुनत अन्तरिक्ष स्टेशनमा धुलो तथा फोहोर हुँदैन । तर दैनिक व्यायामका क्रममा निस्कने पसिनाले सरीर तथा कपडा फोहोर बन्दछ ।
हालसम्म अन्तरक्षियात्रीहरुले पसिनाले आफ्ना कपडा दुर्गन्धित बन्न थालेपछि त्यसलाई कार्गो अन्तरिक्षयानबाट पृथ्वीमा पठाउने गरेका छन् र त्यसरी पठाईका कपडाहरु पृथ्वीको वायुमण्डलमा प्रवेश गरेसँगै जल्दछन् । एजेन्सीको सहयोगमा
प्रतिक्रिया 4