+
+
WC Series
Oman
0/0
VS
Nepal
0/0
Shares

मार्क जुकरबर्ग नामका वकिलले फेसबुक संस्थापक जुकरबर्गलाई मुद्दा हाले

फेसबुक संस्थापक जुकरबर्गसँग आफ्नो नाम मिलेकै आधारमा आफूलाई सामाजिक सञ्जाल फेसबुकमा पटक पटक प्रतिबन्धित गरिएको भन्दै उनले मुद्दा हालेका हुन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज २९ गते २०:३०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अमेरिकाको इन्डियाना राज्यका वकिल मार्क जुकरबर्गले फेसबुकका संस्थापक मार्क जुकरबर्ग विरुद्ध सामाजिक सञ्जालमा पटक पटक प्रतिबन्धित गरिएको भन्दै मुद्दा हालेका छन्।
  • फेसबुकले संस्थापकसँग नाम मिल्ने कारणले वकिलको विज्ञापन पेज कम्तिमा १० पटक निस्क्रिय पार्दा उनले ११ हजार डलरभन्दा बढी नोक्सान भएको दाबी गरेका छन्।
  • मेटाले विश्वमा एकभन्दा धेरैजना मार्क जुकरबर्ग भएको स्वीकार्दै यस्तो घटना रोक्न प्रयास गरिरहेको प्रतिबद्धता जनाएको छ।

काठमाडौं। कहिलेकाहीँ ठूलाबडा मानिससँग नाम मिल्दा पनि निकै सकस हुँदो रहेछ । कसैको त यहीँ कारणले जिवन तहसनहस बन्ने र व्यवसायिक जिवनमा ठूलै घाटा खाने अवस्था आउँदो रहेछ ।

त्यसैले त अमेरिकाको इन्डियाना राज्यमा बस्ने मार्क जुकरबर्ग नामका एकजना वकिलले फेसबुकका संस्थापक मार्क जुकरबर्ग विरुद्ध मुद्दा हालेका छन् ।

फेसबुक संस्थापक जुकरबर्गसँग आफ्नो नाम मिलेकै आधारमा आफूलाई सामाजिक सञ्जाल फेसबुकमा पटक पटक प्रतिबन्धित गरिएको भन्दै उनले मुद्दा हालेका हुन् ।

फेसबुक संस्थापकसँग आफ्नो नाम मिलेका कारणले आफूलाई फेक सम्झिएर फेसबुकले पटक पटक ब्यान गर्नेमात्र नभई फेसबुकको संस्थापक ठानेर दैनिक रुपमा सयौँ इमेलहरु प्राप्त भई हैरानी खेप्नुपरेको उनको गुनासो छ ।

यतिमात्र होइन उनलाई अनलाइनमा कुनै रेष्टुरेन्टमा बुकिङ गर्नपनि अप्ठेरो छ । आफ्नो नामका कारण रेष्टुरेन्टहरुले प्रांक गरेको ठान्ने र भौतिक रुपमै उपस्थित नभएसम्म टेबल रिजर्भ गर्न नमान्ने गरेको उनको भनाई छ।

यो भन्दापनि उनले समस्या खेपेको सबैभन्दा ठूलो विषय फेसबुक र इन्स्टाग्राममा पटक पटक प्रतिबन्धित हुनु हो । आफ्नो नाम मार्क जुकरबर्ग भएकै कारणले गर्दा आफूले विज्ञापनमा हजारौँ डलर खर्च गर्दापनि प्रतिबन्धित हुनुपरेको उनले बताएका छन्।

सन् २०१७ यता ती वकीलको फेसबुकको विज्ञापन पेज कम्तिमा १० पटक निस्क्रिय पारिएको छ । फेसबुकले कम्पनीका संस्थापकसँग नाम मिलेकै आधारमा उनको पेजलाई पटक पटक निलम्बन गर्ने गरेपछि उनी दिक्क भएका छन् ।

फेसबुक संस्थापक मार्क जुकरबर्ग मात्र ३ वर्षको हुँदादेखि नै लिलाम कानूनको व्यवसाय गर्दै आएका उनले अहिले आएर प्रविधि कम्पनीका मालिकको नामसँग मिलेको आधारमा आफूमाथि अन्याय भएको जिकिर गरेका छन् ।

फेसबुकले आफ्नो विज्ञापन पेज पटक पटक निस्क्रिय पारिदिँदा आफूलाई ११ हजार भन्दा धेरै नोक्सान भएको उनको दाबी छ ।

फेसबुकले उनको पेजलाई निस्क्रिय पार्दा ‘हाम्रा संस्थापकको नामसँग मिलाउने कोसिस गर्नुभएकोमा तपाइँको पेज हटाइएको छ । राम्रो प्रयास, फेक जुकरबर्ग’ भन्ने मेसेज उनले मेटाबाट पाउने गरेका छन् ।

तर आफूलाई कहिल्यैपनि आफू सक्कली मार्क जुकरबर्ग नै हो भन्ने कुरा प्रमाणित गर्ने मौका फेसबुकले नदिएको उनले बताएका छन् । त्यसैले पछिल्लोपटक आफ्नो पेजमाथि फेसबुकले बन्देज लगाएसँगै उनले फेसबुकको मातृ कम्पनी मेटा विरुद्ध अदालतको ढोका ढक्ढकाउने निधो गरेका थिए ।

उता यी वकिलले मुद्दा हालेपछि उक्त घटना सार्वजनिक भएसँगै मेटाले यस्तो अनौठो परिस्थिति स्वीकार गर्दै त्यसको समाधान गर्ने प्रतिबद्धता जनाएको छ ।

मेटाले भनेको छ,’हामीलाई थाहा छ, विश्वमा एकभन्दा धेरैजना मार्क जुकरबर्ग छन् । आगामी दिनमा यस्तो घटना रोक्नका लागि हामीले प्रयास गरिरहेका छौँ । एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?