News Summary
Generated by OK AI. Editorially reviewed.- एप्पलले सन् २०२७ मा बजारमा ल्याउने चार फरक डिजाइनका स्मार्ट ग्लासहरू परीक्षण गरिरहेको खुलासा भएको छ।
- यी स्मार्ट ग्लासहरूमा डिस्प्ले नहुने र प्रयोगकर्ताले फोटो, भिडियो खिच्न, फोन उठाउन र संगीत सुन्न सक्नेछन्।
- स्मार्ट ग्लासमा अण्डाकार क्यामेरा लेन्स र उन्नत सिरी भ्वाइस असिस्टेन्ट समावेश गरिने एप्पलले बताएको छ।
एप्पलले आफ्नो बहुप्रतिक्षित ‘स्मार्ट ग्लास’ को चारवटा फरक डिजाइनहरू परीक्षण गरिरहेको खुलासा भएको छ।
कम्पनीले सन् २०२७ मा यी स्मार्ट चश्माहरू बजारमा ल्याउने लक्ष्य राखेको छ भने यसै वर्षको अन्त्यसम्ममा यसको पहिलो झलक सार्वजनिक हुन सक्ने सम्भावना छ।
एप्पलले हाल परीक्षण गरिरहेका डिजाइनहरूमा ठूलो र सानो गरी दुई प्रकारका आयातकार फ्रेमहरू तथा दुई प्रकारका अण्डाकार वा गोलाकार फ्रेमहरू रहेका छन्।
यी डिजाइनहरू एप्पलका सीईओ टिम कुकले लगाउने चश्माको शैलीसँग मिल्दाजुल्दा हुने बताइएको छ। कम्पनीले कालो, ओसन ब्लु र हल्का खैरो गरी विभिन्न रङहरूमा यी चश्मा उपलब्ध गराउने सोच बनाएको छ।
विशेषताका हिसाबले यी स्मार्ट चश्माहरू मेन्टाको ‘रे-बन’ चश्मासँग निकै मिल्दाजुल्दा हुनेछन्। यसमा कुनै डिस्प्ले वा स्क्रिन हुने छैन । प्रयोगकर्ताले यसबाट फोटो खिच्न, भिडियो खिच्न, फोन उठाउन र संगीत सुन्न सक्नेछन्।
एप्पलले यसमा अण्डाकार क्यामेरा लेन्सको प्रयोग गर्ने तयारी गरेको छ। साथै, यस चश्माको मुख्य आकर्षण एप्पलले लामो समयदेखि प्रतिवद्धता जनाएको ‘सिरी’ को उन्नत संस्करण हुनेछ, जससँग प्रयोगकर्ताले सिधै संवाद गर्न सक्नेछन्।
भिजन प्रोको अपेक्षा भन्दा कम सफलतापछि एप्पलले अब अलि सरल र व्यावहारिक प्रविधितर्फ ध्यान केन्द्रित गरेको देखिन्छ।
एप्पलको यो नयाँ उत्पादनले हाम्रो दैनिक जीवनमा ‘भ्वाइस असिस्टेन्ट’ र ‘वेयरेबल’ प्रविधिको प्रयोगलाई कसरी अझ सहज बनाउला भन्नेमा प्रविधि जगतमा निकै चासो बढेको छ।
प्रतिक्रिया 4