पछिल्लो समयमा मोल्टबुकजस्ता सोसल मिडिया प्लेटफर्महरू तीव्र रूपमा चर्चामा आएका छन्। तर अनौठो के भे यी प्लेटफर्महरूमा प्रयोगकर्ता रूपमा मानिस होइन एआई एजेन्टहरू हुन्छन्। ती प्लाटफर्म झ्वाट्ट हेर्दा एक्स वा रेडिट जस्ता देखिन्छन् । तर तिनको प्रविधिको तह र अपरेशनल मोडेल पूर्ण रूपमा फरक छन्। वास्तवमा यो केवल एउटा प्रयोग मात्र होइन । बरु इन्टरनेटको अर्को चरणको प्रोटोटाइप हो।
मोल्टबुक नामको एआई सामाजिक सञ्जाल प्लेटफर्ममा १४ लाखभन्दा बढी एआई बोट्स प्रयोगकर्ता छन्। यी बोट्सहरू आपसमा कुराकानी गर्छन् । यसबाट फेसबुकजस्तै एउटा समानान्तर सामाजिक सञ्जाल तयार भइसकेको छ जहाँ केवल रोबोटहरूको नै दबदबा छ। यहाँनेर एउटा प्रश्न उठ्छ कि आखिर एआइलाई मानिसले नै बनाएको हो भने ती एआई बोटहरू आफैं आपसमा कसरी कुराकानी गरिरहेका छन् ? यो खेल कसरी चलिरहेको छ र मानिसमा यसको प्रभाव के हुनसक्छ ?
सबैभन्दा पहिले के बुझ्न जरुरी छ भने यहाँ प्रयोग हुने एआई एजेन्ट कुनै साधारण च्याटबोट होइन। हरेक एआई एजेन्टको पछाडि एउटा ठूलो प्राविधिक सेट तथा श्रृङ्खला हुन्छ। जसमा कार्यसञ्चालनको विशेष फ्लो हुन्छ।
सबैभन्दा पहिले एउटा ल्याङ्ग्वेज मोडेल चल्दछ, जुन अक्षर सिर्जना गर्नमा जिम्मेवार हुन्छ। त्यसपछि उक्त मोडेलमाथि एउटा एजेन्ट फ्रेमवर्क चल्छ ।
यी प्रणाली चलाउन धेरै कम्प्युट शक्ति चाहिन्छ। सामान्यतया ठूला लार्ज ल्यांग्वेज मोडेलहरू यसमा प्रयोग गरिन्छ। यी जीपीयू वा टीपीयूमा चलाइन्छन् र एकसाथ धेरैले प्रयोग गर्ने मल्टी-टेनेन्ट संरचनामा आइसोलेसन जरुरी हुन्छ। त्यसैले मोल्टबुक जस्ता प्लेटफर्महरूले प्रायः क्लाउड इन्फ्रा, माइक्रोसर्भिसेज र भेक्टर डेटाबेसको प्रयोग गर्छन्।
हरेक एजेन्टका लागि मेमोरी फुटप्रिन्ट, टोकन प्रयोग र एपीआई कलहरूको हिसाब राखिन्छ। यो महँगो हुने भएकाले अधिकांश प्रयोगहरू सुरुमा अनुसन्धान वा फन्डेड परियोजनामै सीमित हुन्छन्।
कस्ता प्रकारका एआई एजेन्ट बनिरहेका छन् ?
एजेन्टहरूको वर्गीकरण फरक-फरक छ। केही अनुसन्धान-केन्द्रित हुन्छन् भने केही न्युज एजेन्ट्स हुन्छन् जसले रिपोर्टहरू अपडेट गर्छन्।
साथै केही परीक्षणका लागि बनाइएका ट्रेडिङ वा गेमिङ एजेन्ट्स हुन्छन्। केही एजेन्टहरू Deliberate Toxicity Detection and Moderation का लागि पनि निर्माण गरिन्छन् ताकि अन्य एजेन्टहरूको कुराकानीबाट हानिकारक ढाँचाहरू पहिचान गर्न सकियोस्।
रोबोटको सोसल मिडियाका फाइदा के छन् ?
एआईले मात्र प्रयोग गर्ने यस्ता प्लेटफर्मबाट ठूलो स्तरमा एआई बोट्स अर्थात् एजेन्टहरूले कसरी भाषा निर्माण गर्छन् र संवाद गर्छन् भन्ने कुरा सिक्न पाइन्छ। यो अनुसन्धानका लागि उपयोगी छ । खासगरी बहु एजेन्ट समन्वय एआई एजेन्टको नयाँ शैली र बानीका साथै टुल प्रयोगको अध्यननका लागि यो उपयोगी हुन्छ।
साथै विभिन्न खालका जोखिमपूर्ण प्रयोगहरूलाई मानिसहरूबाट अलग गरेर यस्ता एजेन्टबाटे गराउन सकिन्छ। अर्थात् हानिकारक सामग्री सिर्जना हुने जोखिम कम हुन्छ र नियन्त्रित वातावरण रहन्छ।
यस्ता प्लेटफर्महरूलाई आन्तरिक अटोमेसन र एजेन्ट-टु-एजेन्ट वर्कफ्लोका लागि परीक्षण स्थलको रूपमा पनि प्रयोग गर्न सकिन्छ।
खतरा के छन् ?
सबैभन्दा पहिलो खतरा त के हो भने यदि यी एजेन्टहरूले आपसमा गलत वा पूर्वाग्रह युक्त संकथन अर्थात न्यारेटिभको विकास गरे भने त्यस्ता मेसिन-जेनेरेटेड निष्कर्षहरू बिस्तारै बाहिरी संसारमा चुहिन पनि सक्छन्।
दोस्रो खतरा भनेको ती एआई एजेन्टहरुका आनीबानी पहिचान गर्ने श्रृङ्खला टुट्न सक्छ। आज वैज्ञानिकलाई ती एआई बोटका व्यवहारहरू पहिचान गर्ने तरिकाहरू थाहा छ। तर जब ती बोटहरू आफैले आफ्नै तरिकाले संवाद गर्न थाल्छन् तब मानव-आधारित पहिचान प्रणालीहरू असफल हुन सक्दछन् ।
अर्को खतरा भनेको शासन र जवाफदेहितामा प्रश्न उठ्नसक्छ। यदि कुनै एआई मात्रको यस्तो प्लेटफर्ममा केही गलत सूचना (मिसइन्फर्मेसन) को डंगुर बनेर बाहिर फेलियो भने त्यसको जिम्मेवारी कसको हुने ?
त्यसैले यस प्रविधिको जोखिम कम गर्न विभिन्न अपरेसनल प्यारामिटरहरू आवश्यक पर्दछ। एआई जेनेरेटेड सामग्री पहिचान गर्न मोडेल वाटरमार्किङ एजेन्टको व्यवहार पहिचानका लागि इम्युटेसनल लग्स र एजेन्टहरुले आफैले वेबमा क्रियाकलाप नगरुन् भन्नका लागि रेट लिमिट र टुल एक्सेस कन्ट्रोल आवश्यक पर्दछ।
यसका साथै ह्युमन-इन-द-लुप संयन्त्र अत्यावश्यक हुन्छ ताकि महत्त्वपूर्ण र संवेदनशील निर्णयहरूमा मानवीय हस्तक्षेप रहोस्।
-एजेन्सीको सहयोगमा
प्रतिक्रिया 4