+
+
Shares

‘श्री बुकुरो’ को मर्मस्पर्शी टिजर : चिना नमिलेका प्रेमीप्रेमिकाले गर्लान् विवाह ?

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ २१ गते १९:०७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सुदीप भुपाल सिंह निर्देशित फिल्म 'श्री बुकुरो' को टिजर युट्युबमा रिलिज भएको छ।
  • निर्माताले यसैसाता निधन भएका मिडिया संयोजक दिनेश सिटौलाप्रति समर्पित गर्दै टिजर सार्वजनिक गरेका हुन्।
  • 'श्री बुकुरो' १ फागुनदेखि प्रदर्शन तयारीमा छ।

काठमाडौं । सुदीप भुपाल सिंह निर्देशित फिल्म ‘श्री बुकुरो’ को टिजर युट्युबमा रिलिज भएको छ । यसैसाता निधन भएका फिल्मका मिडिया संयोजक दिनेश सिटौलाप्रति समर्पित गर्दै निर्माताले संक्षिप्त टिजर सार्वजनिक गरेका हुन् ।

बुधबार आयोजित पत्रकार सम्मेलनमा टिजर सार्वजनिक गरिएको हो । ‘पहिलो दृश्य’ नाम राखिएको उक्त टिजरले फिल्मको कथावस्तुबारे संक्षिप्त झलक दिन्छ ।

‘सिंगल सट’ छायांकन शैलीमा खिचिएको टिजरमा केटाकेटीको विवाहको लागि चिना हेराउन पण्डितसहित बसेका दुई परिवारको कथा देखाइएको छ । पण्डितले चिना हेर्दै ग्रहदशा राम्रो नभएकाले विवाह हुन नसक्ने बताउँछन् । के अब उनीहरूबीच विवाह होला ?

६ मिनेटको टिजरलाई निर्देशक सिंहले सिंगल सट शैलीमार्फत दर्शकलाई कौतुहल तुल्याएका छन् । टिजरको सुरुवात निर्देशक सिटौलाप्रति ट्रिब्यूट दर्शाउँदै सुरु हुन्छ ।

फिल्ममा लक्ष्मी गिरी, आशीर्वाद क्षेत्री, निकिता आचार्य, प्रतीकराज न्यौपाने, रोशन कार्की, राजन इशान, दीपिका थापा लगायतको अभिनय छ । फिल्म रेन्ज प्रालिको ब्यानरमा यसलाई रुबी सेनले निर्माण गरेकी हुन् ।

‘श्री बुकुरो’ १ फागुनदेखि प्रदर्शन तयारीमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?