+
+
Shares

फिल्म ‘श्री बुकुरो’ १ फागुनमा आउने

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ ५ गते १९:४९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सुदीप भूपाल सिंह निर्देशित फिल्म 'श्री बुकुरो : द होम कलिङ' १ फागुनमा देशव्यापी रिलिज हुने भएको छ।
  • निर्देशक सिंहले ७ वर्षपछि पारिवारिक र मनोरञ्जनात्मक फिल्ममार्फत फर्किएका हुन्।
  • फिल्मलाई मुस्ताङ, बागलुङ, कास्की, दमौली, मकवानपुर र काठमाडौंमा छायांकन गरिएको छ।

काठमाडौं । सुदीप भूपाल सिंह निर्देशित फिल्म ‘श्री बुकुरो : द होम कलिङ’ को प्रदर्शन मिति घोषणा भएको छ । पोस्टर सार्वजनिक गर्दैै निर्माताले उक्त फिल्म १ फागुनमा देशब्यापी रिलिज हुने जनाएका छन् ।

पारिवारिक र मनोरञ्जनात्क फिल्ममार्फत निर्देशक सिंह ७ वर्षपछि फर्किएका हुन् । यसअघि उनले ‘माला’ र ‘रुद्रप्रिया’ निर्देशन गरेका थिए । यो फिल्म अहिले पोस्ट–प्रोडक्सनको अन्तिम चरणमा छ ।

फिल्म रेञ्जको ब्यानरमा निर्माण भएको फिल्ममा आशीर्वाद क्षेत्री, लक्ष्मी गिरी, निकिता आचार्य, प्रतिकराज आचार्य, रोशनी कार्की, राजन इशान, दीपिका थापा, लय संग्रौला, मोहन निरौला, रामबाबु रेग्मी, रश्मी भट्ट, उत्तम केसी, गीता थापा, सपना श्रेष्ठ, आशिका शाही, दीपक कार्की र रजिना विश्वकर्माको अभिनय छ ।

रुबी सेन सिंह लगानीकर्ता हुन् । सुरज तामाङ र प्रवीण सिंहको नृत्य निर्देशन, आइड्रीमएनिमेसनको भीएफएक्स, मनोरञ्जन श्रेष्ठको रङ संयोजन, बनिष शाह र चन्दन दत्तको सम्पादन, सञ्जय लामा र राजेश श्रेष्ठको छायांकन छ ।

फिल्मलाई मुस्ताङ, बागलुङ, कास्की, दमौली, मकवानपुर र काठमाडौंमा छायांकन गरिएको हो । रञ्जीत गजमेर, बसन्त सापकोटा र विक्रम कार्कीको संगीत छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?