२१ माघ, विराटनगर । झापाकाे दमकमा टिपरसँग मोटरसाइकल ठोक्किएर दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ ।
दमक नगरपालिका–१ बरगाछीमा बुधबार दिउँसो दमकबाट रामचोकतर्फ जाँदै गरेको मे १ ख २८८४ नम्बरको टिपरमा दुर्गा मन्दिरबाट पेल्टीमारीतर्फ जाँदै गरेको प्र १–०१–०१८ प ८३०३ नम्बरको मोटरसाइकल ठोक्किएर दुर्घटना हुँदा २ जनाकाे मृत्यु भएकाे हाे ।
दुर्घटनामा मोटरसाइकल चालक इलामको चुलाचुली गाउँपालिका–४ का २२ वर्षीय प्रवेश राई र पछाडि सवार १९ वर्षीय जनम राईको मृत्यु भएकाे झापा प्रहरीका प्रवक्ता डीएसपी खगेन्द्रबहादुर खड्काले बताए ।
दुर्घटनामा गम्भीर घाइते भएका दुवै जनालाई उद्धार गरेर उपचारका लागि दमक अस्पतालमा लगिएको थियो ।
अस्पताल पुर्याउनसाथ दुवै जनालाई चिकित्सकले मृत घोषित गरिदिएको प्रहरीले जनाएको छ ।
दुर्घटना लगत्तै प्रहरीले टिपर र चालक उदयपुरको त्रियुगा नगरपालिका–९ रातमाटेका ३२ वर्षीय हिवराज रायलाई नियन्त्रणमा लिएकाे छ ।
प्रतिक्रिया 4