News Summary
Generated by OK AI. Editorially reviewed.- अलेक्जेन्डर वाङले १९ वर्षको उमेरमा स्केल एआई कम्पनी स्थापना गरी सन् २०२१ मा विश्वकै सबैभन्दा कम उमेरका सेल्फ–मेड अर्बपति बने।
सामान्यतया २४ वर्षको उमेरमा आम युवाहरूले आफ्नो पढाइ पूरा गर्ने वा करिअरको सुरुवातबारे सोचिरहेका हुन्छन् । तर अलेक्जेन्डर वाङले भने यही उमेरमा इतिहास रचेका थिए ।
सन् २०२१ मा उनी विश्वकै सबैभन्दा कम उमेरका ‘सेल्फ–मेड’ अर्बपति बने । ‘सेल्फ–मेड’ भन्नाले उनले यो सम्पत्ति कुनै विरासतबाट होइन, आफ्नै क्षमता र मेहनतबाट कमाएका हुन् ।
फोर्ब्सको पछिल्लो तथ्यांकअनुसार वाङको कुल सम्पत्ति करिब ३ अर्ब २ करोड अमेरिकी डलर पुगेको छ ।
अमेरिकाको न्यू मेक्सिकोका बासिन्दा अलेक्जेन्डर वाङको दिमाग सानैदेखि कम्प्युटर र कोडिङको मामिलामा तीक्ष्ण थियो। जसका कारण १७ वर्षको उमेरमै उनले ‘एडडेपार’ र ‘क्वोरा’ जस्ता सिलिकन भ्यालीका ठूला कम्पनीमा फुल–टाइम जागिर पाए । त्यसपछि उनी मेसिन लर्निङ अध्ययनका लागि विश्वप्रसिद्ध म्यासाचुसेट्स इन्स्टिच्यूट अफ टेक्नोलोजीमा भर्ना भए । तर उनको लक्ष्य निकै ठूलो थियो । उनले १९ वर्षकै उमेरमा स्केल एआई नामक आफ्नै कम्पनी सुरु गरे र त्यसका लागि एमआटीको पढाइ नै छोडे ।
वाङले १९ वर्षको उमेरमा स्थापना गरेको स्केल एआई कम्पनीले एआई मोडेललाई तालिम दिन डेटा लेबलिङ तथा लार्ज ल्याङ्ग्वेज मोडेलहरूको मूल्यांकनजस्ता सेवाहरू प्रदान गर्छ । सन् २०२५ को जुनसम्म उनी उक्त कम्पनीको सिईओ रहे।
मेटाले निकै महंगो मूल्यमा सम्झौता गर्दै स्केल एआई कम्पनीको ४९ प्रतिशत हिस्सेदारी खरिद गरेसँगै वाङ कम्पनीको सिइओ पदबाट अलग भए र स्वयम् मेटा कम्पनीको प्रमुख एआई अधिकृतको जिम्मेवारी सम्हाल्न पुगे ।
हाल उनले फेसबुकका संस्थापक तथा मेटाका सिइओ मार्क जुकरबर्गको मेटा सुपर इन्टेलिजेन्स ल्याब्सको नेतृत्व गरिरहेका छन् । वाङको दक्षता र क्षमताका कारणले गर्दा नै जुकरबर्गले उनलाई यो महत्वपूर्ण जिम्मेवारी दिएका हुन् । कम उमेरमै ठूलो उपलब्धि हासिल गरेका एलेक्जेंडर वाङ आज विश्वभरका युवाहरूका लागि प्रेरणाको स्रोत बनेका छन् ।
एजेन्सी
प्रतिक्रिया 4