News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल एसोसिएसन फर सफ्टवेयर एन्ड आइटी सर्भिसेस कम्पनिजले कात्तिक २१ र २२ गते 'टिग नास आइटी एक्स्पो २०२५' आयोजना गर्ने जनाएको छ।
- एक्स्पो ललितपुरको सानेपास्थित हेरिटेज गार्डेनमा हुनेछ र ३० बढी आइटी सेवा र उत्पादनहरूको प्रदर्शनी रहनेछ।
- नास आइटीले स्थानीय प्रविधि र डिजिटल उद्यमशीलतालाई प्रवर्द्धन गर्न पहिलो पटक एक्स्पो आयोजना गरेको बताएको छ।
१७ कात्तिक, काठमाडौं । नेपाल एसोसिएसन फर सफ्टवेयर एन्ड आइटी सर्भिसेस कम्पनिज (नास आइटी) ले ‘टिग नास आइटी एक्स्पो २०२५’ आयोजना गर्ने भएको छ ।
आइतरबार पत्रकार सम्मेलनको आयोजना गरी नास आइटीले कात्तिक २१ र २२ गते एक्स्पो हुने नास आइटीकी महासचिव अलिसा श्रेष्ठले जानकारी दिइन्।
उनका अनुसार उक्त एक्पो ललितपुरको सानेपास्थित हेरिटेज गार्डेनमा हुनेछ, जसमा विभिन्न आइटी सफ्टवेयर, प्रडक्ट र सेवाहरू प्रदर्शनीमा रहनेछन् ।
स्थानीय प्रविधि र डिजिटल उद्यमशीलतालाई प्रवर्द्धन गर्नका लागि पहिलो पटक नास आइटी एक्स्पो गर्न लागिएको हो ।
एक्स्पोमा ३० बढी आइटी सेवा र उत्पादनहरूको प्रदर्शनी हुने नास आइटीले जनाएको छ, जसमा अवलोकनकर्ताले विशेष अफर पाउनेछन् ।
एक्स्पोले नेपालको आइटी कम्पनी, नेतृत्व र लगानीकर्तालाई एउटै प्लेटफर्ममा ल्याएर सहकार्य अवसर र नवीनतम प्रविधिका सम्भावनाहरूमा केन्द्रित हुन सहयोग गर्ने नास आइटीले बताएको छ ।
प्रतिक्रिया 4