
News Summary
Generated by OK AI. Editorially reviewed.- हिप्पी शैली सम्झाउने डिजिटल प्लेटफर्म 'हिप्पी स्टे' सुरु भएको छ जसले भिडियो आधारित होमस्टे बुकिङ सेवा उपलब्ध गराउँछ।
- यो वेवसाइटमा काठमाडौं, पोखरा, चितवन, इलाम लगायत ७० भन्दा बढी स्थानका स्थानीय व्यवसायहरू समेटिएका छन्।
- सफ्ट लन्चको अवसरमा १०० जनालाई निःशुल्क बस्ने र खाने मौका दिइने गिभअवे राखिएको हिप्पी स्टेका प्रतिनिधिहरुले बताए।
६ असोज, काठमाडौं । हिप्पी शैली सम्झाउने गरी स्टेकेसनका उपलब्ध गराउने डिजिटल प्लेटफर्म सुरु भएको छ ।
प्रकृतिप्रेमीहरूको लागि उपयुक्त हुने गरी ‘हिप्पी स्टे’का लागि भिडियो आधारित बुकिङ साइट सुरु भएको हो ।
यो वेवसाइटमा देशका विभिन्न स्थानमा रहेका होमस्टेहरूका वास्तविक भिडियोहरू हेरेर मनपरेजस्तो स्थान सजिलै छनोट गर्न सक्नेछन् ।
काठमाडौं उपत्यका, पोखरा, चितवन, इलाम लगायतका ७० भन्दा बढी स्थानका स्थानीय व्यवसायहरू यसमा समेटिएका छन् ।
वेवसाइटको सफ्ट लन्चको अवसरमा १०० जनालाई निःशुल्क बस्ने र खाने मौका समेत यसले ल्याउँदैछ । त्यसका लागि गिभअवे राखिएको हिप्पी स्टेका प्रतिनिधिहरु बताउँछन् ।
यो पोर्टलले हालसम्म १५,३१७ बढी प्रयोगकर्तालाई सेवा दिइसकेको बताइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4