+
+
Shares

यसरी हटाउनुहोस् इन्टरनेटबाट डिजिटल फूटप्रिन्ट

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक १३ गते १६:२८

आजको डिजिटल युगमा हाम्रा हरेक जानकारीहरू ट्र्याक हुन्छन् । इन्टरनेटमा हामीले के कुरा सर्च गर्छौं भन्ने कुराको जानकारी गुगल, फेसबुक तथा युट्युब जस्ता कैयन् कम्पनीहरूले लगातार संकलन गरिरहेका हुन्छन् । यतिमात्र होइन हामी कहाँ जाँदैछौं, के खाँदैछौं तथा के विषयमा कुरा गर्दैछौं भन्ने जानकारी  समेत निरन्तर रेकर्ड भइरहेको हुन्छ ।

प्रविधि कम्पनीहरूले यी जानकारीहरूको प्रयोग हामीलाई लक्षित विज्ञापन देखानका लागि गर्ने गर्दछन् । इन्टरनेटको संसारमा के भनिन्छ भने प्रडक्ट इन्टरनेट होइन कि तपाईं हामी हौं । किनकि कम्पनीहरूले प्रयोगकर्ताका डेटा बेच्दछन् र उनीहरूको व्यवसाय मोडेल ग्राहकका डेटामा निर्भर हुन्छ ।

तर यदि तपाईं आफ्नो सबै डेटा इन्टनेटबाट मेटाउन चाहनुहुन्छ भने के त्यो सम्भव होला ?

वास्तवमा हामीले अहिलेसम्म जुन वेबसाइट भिजिट गरेका छौं वा लगइन गरेका छौं, ती सबैबाट पूर्णरुपमा हाम्रो जानकारी मेटाउन त सम्भव हुँदैन तर गुगलजस्ता वेबसाइटले प्रयोगकर्तालाई उनीहरूका अनलाइन डेटा पूर्णरुपमा मेटाउने विकल्प प्रदान गर्ने गर्छन् ।

इन्टरनेटमा भएका आफ्ना डेटा हटाउने अर्थात् डिजिटल फिंगरप्रिन्ट मेटाउनका लागि निम्नानुसारका उपाय अबलम्बन गर्न सकिन्छ:

·      गुगल एक्टिभिटीबाट सुरुवात गर्नुहोस्:

यसका लागि सबैभन्दा पहिले myactivity.google.com मा जानुहोस् । त्यहाँ तपाईंले आफ्ना सम्पूर्ण सर्च हिस्ट्रि, म्याप ट तथा युट्युब भिडियोको जानकारी मिल्नेछ । त्यसमा तपाईंले Delete Activity By भन्ने अप्सनमा गएर ALL Time छानेर सबै खालका ट्र्याकिङ हिस्ट्रि डिलिट गर्न सक्नुहुन्छ ।

·      नयाँ डेटा संकलन रोक्नुहोस्:

यदि तपाईंले इन्टरनेट ब्राउज गर्दा आफ्ना व्यक्तिगत डेटा जम्मा नहोउन् भन्ने चाहनुहुन्छ भने त्यसका लागि Activity Controls मा जानुहोस् र Web & App Activity, Location History का साथै YouTube History लाई बन्द गर्नुहोस् । यसो गरेसँगै गुगलले तपाईंको लोकेसन तथा सर्चको जानकारी सेभ गर्दैन ।

·      ट्र्याकिङ पूर्ण रुपमा बन्द गर्नुहोस्:

Google Account को Data & Privacy खण्डमा गएर त्चबअपष्लन सँग सम्बन्धित सबै सेटिङ्स बन्द गर्नुहोस् । यसबाट तपाईंको अनलाइन गतिविधि ट्र्याक हुँदैन ।

·      ब्गतय म्भभितभ सेट गर्नुहोस्:

पटक पटक डिलिट गर्नुपर्ने झन्झटबाट मुक्त हुनका लागि Auto Delete अप्सन छान्नुहोस् । त्यहाँ तपाईंले आफ्ना डेटालाई ३, १८ वा ३६ महिनापछि आफैं डिलिट हुनका लागि सेट गर्न सक्नुहुन्छ ।

·      कनेक्सनलाई सुरक्षित बनाउनुहोस्:

आफ्नो इन्टरनेट ब्राउजिङलाई सुरक्षित बनाउनका लागि डिभाइसमा प्राइभेसीलाई ध्यान दिनुहोस् । सफ्टवेयर अप टू डेट राख्ने, एन्टिभाइरसहरू सक्रिय राख्ने, तथा जथाभावी भीपीएनको प्रयोग नगर्नु राम्रो हुन्छ । साथै आफ्नो अनलाइन अकाउन्टहरूको पासवर्ड नियमित रुपमा परिवर्तन गरी बलियो पासवर्ड राख्ने काम गर्नुहोस् । एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?