+
+
Shares

सनवे स्टार्टअप एण्ड आईडिया फेस्ट भोलिबाट हुँदै

१५० बढी स्टार्टअप र इन्नोभेसनको प्रदर्शनी

लिभिङ विथ आइसिटी, आइसिटी फाउन्डेसन नेपाल र स्क्वाड अफ चेन्जमेकरको संयुक्त आयोजनामा हुने फेस्टमा सफ्टवेयर, रोबोटिक्स, ड्रोन, एआई प्रविधि, रकेट तथा एयरोस्पेससम्बन्धी उत्पादन तथा सेवाहरूको प्रदर्शनी गरिनेछ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक २६ गते १२:००

News Summary

Generated by OK AI. Editorially reviewed.
  • २७ र २८ कात्तिकमा काठमाडौँको बत्तिसपुतलीस्थित अनुपम फुडल्यान्डमा दुई दिने ‘सनवे स्टार्टअप एण्ड आईडिया फेस्ट २०२५‘ सुरु हुँदैछ।
  • फेस्टमा सातै प्रदेशका १५० भन्दा बढी स्टार्टअप र इन्नोभेसन सहभागी हुनेछन् र सफ्टवेयर, रोबोटिक्स, ड्रोन, एआई प्रविधि लगायतका उत्पादन प्रदर्शनी गरिनेछ।
  • फेस्टमा आइसिटी अवार्ड २०२५ का ५० भन्दा बढी सेमिफाइनलिस्टहरू सहभागी हुनेछन् र प्रवेश नि:शुल्क हुनेछ, जसले युवा उद्यमशीलता प्रवर्द्धन गर्नेछ।

२७ कात्तिक, काठमाडौं। बिहीबारदेखि दुई दिने ‘सनवे स्टार्टअप एण्ड आईडिया फेस्ट २०२५‘ सुरु हुँदैछ । काठमाडौँको बत्तिसपुतलीस्थित अनुपम फुडल्यान्डमा हुने यस फेस्टमा सातै प्रदेशका १५० भन्दा बढी स्टार्टअप र इन्नोभेसन सहभागी हुने छन् ।

लिभिङ विथ आइसिटी, आइसिटी फाउन्डेसन नेपाल र स्क्वाड अफ चेन्जमेकरको संयुक्त आयोजनामा हुने फेस्टमा सफ्टवेयर, रोबोटिक्स, ड्रोन, एआई प्रविधि, रकेट तथा एयरोस्पेससम्बन्धी उत्पादन तथा सेवाहरूको प्रदर्शनी गरिनेछ ।

कात्तिक २७ र २८ गते (बिहीबार र शुक्रबार) दुईदिनसम्म चल्ने हुने फेस्टमा ड्रोन तथा रोबोटिक्स प्रतियोगिता र जब फेयर समेत सञ्चालन हुनेछन् ।

फेस्टमा आइसिटी अवार्ड २०२५ का स्टार्टअप, प्रडक्ट, राइजिङ स्टार, सोसल इन्नोभेसन लगायत विधाका ५० भन्दा बढी सेमिफाइनलिस्टहरू पनि सहभागी हुनेछन् । अवलोकनकर्ताले ती प्रडक्ट तथा इन्नोभेसनलाई प्रत्यक्ष अवलोकन गर्ने र भोट गर्ने अवसर पाउनेछन् ।

आयोजकका अनुसार, देशमै कार्यरत युवा स्टार्टअप, विद्यार्थी र इन्नोभेटरलाई प्रवर्द्धन गर्न तथा उद्यमशीलताको विकासमा टेवा पुर्‍याउने उद्देश्यले यो फेस्ट आयोजना गरिएको हो ।

फेस्टमा प्रवेश नि:शुल्क हुनेछ, जसले इच्छुक युवाहरूलाई आफ्ना सिर्जनात्मक प्रविधि र इन्नोभेसन प्रत्यक्ष अवलोकन गर्ने अवसर प्रदान गर्नेछ ।

त्यस्तै, प्रदर्शनीमा रहेका स्टार्टअप र प्रडक्टमा लगानी गर्न इच्छुक लगानीकर्ताहरूका लागि प्रडक्ट डेमो र नेटवर्किङ सेसनको व्यवस्था पनि गरिएको छ ।

फेस्टमा विभिन्न क्षेत्रका उद्यमी, कर्पोरेट लिडर, नीति निर्माता, उच्च सरकारी अधिकारी, लगानीकर्ता र विद्यार्थीहरूको बाक्लो उपस्थिति रहनेछ ।

नेपालको स्टार्टअप तथा इन्नोभेसन क्षेत्रको वर्तमान अवस्था बुझ्न र युवाहरूले देशमै कस्ता प्रविधि विकास भइरहेका छन् भन्ने बुझ्न फेस्ट उपयोगी हुने आयोजकको विश्वास छ ।

सूचना प्रविधिको क्षेत्रमा प्रतिष्ठित मानिने आइसिटी अवार्ड २०२५ का लागि हाल विभिन्न १५ विधामा छनोट प्रक्रिया जारी छ । यस वर्ष अवार्डका लागि ७ सयभन्दा बढी अनलाइन नोमिनेसन प्राप्त भएको आयोजकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?