News Summary
Generated by OK AI. Editorially reviewed.- नेकपा एमालेले मंसिर २७ गतेदेखि सुरु हुने ११औँ राष्ट्रिय महाधिवेशनको तयारी सुरु गरेको छ।
- एमाले उपमहासचिव प्रदीप ज्ञवालीसहितको टोलीले भक्तपुरको सल्लाघारीस्थित उद्घाटनस्थल निरीक्षण गरेको छ।
- महाधिवेशनमा करिब दुई हजार ५०० प्रतिनिधि र उद्घाटन सत्रमा एक लाख ५० हजार कार्यकर्ता सहभागी हुने अनुमान गरिएको छ।
१८ मंसिर, भक्तपुर । नेकपा एमालेको यही मंसिर २७ गतेदेखि सुरु हुने ११औँ राष्ट्रिय महाधिवेशनको तयारी सुरु गरेको छ ।
महाधिवेशनको उद्घाटननस्थल भक्तपुरको सल्लाघारीस्थित नेपाल ट्रष्टको १०८ रोपनीको चौरमा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीसहितको टोलीले बिहीबार निरीक्षण गरेको छ ।
उपमहासचिव ज्ञवाली, एमाले प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमलगायतका नेताहरूले कार्यक्रमस्थलको अनुगमन गरेका हुन् ।
उपमहासचिव ज्ञवालीले उद्घाटनस्थलमा करिब दुई लाख अट्न सक्ने क्षमता रहेको बताउँदै उक्त चौर भरिभराउ हुने बताए ।
उनले महाधिवेशनका सबै तयारीहरू उत्साहजनक रूपमा अगाडि बढिरहेको जानकारी दिए ।
महाधिवेशनमा करिब दुई हजार ५०० बढी प्रतिनिधि सहभागी हुने छन् । उद्घाटन सत्रमा देशभरबाट एक लाख ५० हजार बढी कार्यकर्ता सहभागी हुने अनुमान गरिएको छ ।
प्रचार विभाग प्रमुख गौतमले मञ्चलगायतका संरचनाहरू कसरी बनाउने भन्ने तयारी स्वरुप आजको निरीक्षण गरिएको बताए ।
उनका अनुसार मञ्च निर्माणदेखि नै करिब ६०० स्वयंसेवक पोसाकमा खटिने जनाइएको छ ।
पार्टी जिल्लाका उपाध्यक्ष किरण थापाले आजबाटै डोजर लगाएर कार्यक्रमस्थल तयारी सुरु गरेको जानकारी दिए ।
प्रतिक्रिया 4