+
+
WC Series
पोखरा एभेन्जर्स 2025
145/6 (18.4)
VS
८ बलमा २१ रन आवश्यक
काठमान्डु गोर्खाज 2025
165/8 (20)
Shares

मलामी गएका युवक महाकालीमा बेपत्ता

रासस रासस
२०८२ मंसिर १८ गते १५:१७
फाइल फोटो

१८ मंसिर, महेन्द्रनगर। महाकाली नदीमा आज दिउँसो एक युवक बेपत्ता भएका छन् । भीमदत्त नगरपालिका–३ तिलकपुरका २८ वर्षीय सनि दमाई महाकालीमा बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक सागर बोहराले जानकारी दिए ।

‘स्थानीय भाइ पर्नेको महाकाली घाटमा मलामी गएका सनि चिता बनाउने क्रममा चिप्लेर महाकालीमा बेपत्ता भएको प्रारम्भिक खबर आएको छ’, उनले भने, ‘अहिले खोजी कार्यमा नेपाल प्रहरीसहित सुरक्षाकर्मी परिचालन गरिएको छ ।’

त्यसैगरी नौ दिनअघि महाकाली नदीमा बेपत्ता भएका भीमदत्त–१२ ओदालीका २१ वर्षीय रोशन दमाईंको शव आज भेटिएको छ । महाकाली नदीमा भुजेला क्षेत्रबाट नुहाउने क्रममा बेपत्ता भएका दमाई दोधारा चाँदनी झोलुङ्गे पुलभन्दा २०० मिटर दक्षिण नदी किनारमा भेटिएको इलाका प्रहरी कार्यालय दोधारा चादँनीले जनाएको छ ।

उक्त शव आवश्यक प्रक्रिया पुरा गरी प्रहरीले आफन्तको जिम्मा लगाएको जनाएको छ ।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?