+
+
Shares

टेक्सस कलेजमा विज्ञान प्रविधि मेला (तस्वीरहरू)

‘विद्यार्थीलाई सैद्धान्तिक ज्ञान मात्र होइन । व्यवहारिक ज्ञान पनि हुनुपर्छ । विद्यार्थी आफैंले वर्षभरी लगाएर तयार पारेको विज्ञान र प्रविधिका सामग्री प्रदर्शनीमा राखिएको छ,’ टेक्ससका प्रवन्ध निर्देशक जितेन्द्र कुमार बाखुले भने । उनका अनुसार ५६ वटा प्रोजेक्ट प्रदर्शनीमा राखिएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर २४ गते १२:४०

२४ मंसिर, काठमाडौं । टेक्सस कलेजमा तीन दिने विज्ञान तथा प्रविधि प्रदर्शनी सुरु भएको छ । टेक्ससका कक्षा १० देखि स्नातक तहसम्मका विद्यार्थीले तयार पारेको विज्ञान र प्रविधिका क्षेत्रका सामग्री प्रदर्शनमा राखिएको छ ।

‘विद्यार्थीलाई सैद्धान्तिक ज्ञान मात्र होइन । व्यवहारिक ज्ञान पनि हुनुपर्छ । विद्यार्थी आफैंले वर्षभरी लगाएर तयार पारेको विज्ञान र प्रविधिका सामग्री प्रदर्शनीमा राखिएको छ,’ टेक्ससका प्रवन्ध निर्देशक जितेन्द्र कुमार बाखुले भने । उनका अनुसार ५६ वटा प्रोजेक्ट प्रदर्शनीमा राखिएको छ ।

‘टेक्ससले प्रयोगात्मक शिक्षालाई जोड दिन्छ । सीप नभएसम्म बजारमा बिक्री हुदैन । विद्यार्थीमा ज्ञान, सीप, उद्यमी र व्यवसायिक हुनुपर्छ भनेर कार्यक्रमको आयोजना गरेका हौँ,’ प्रदर्शनी आयोजना गर्नुको कारणबारे उनले भने ।

प्रदर्शनीमा विद्यार्थीले बनाएको रिमोटबाट उड्ने जहाज पनि छ । जुन जहाज विद्यार्थीले जरिसंहपौवामा लगेर उडाएका थिए । स्मार्ट हाउस, स्मार्ट डोर, स्मार्ट ग्रिन हाउस, प्रदूषण नियन्त्रण सिस्टम लगायतका सामग्री प्रदर्शनी राखिएको छ ।

मंसिर २४ देखि २६ गतेसम्म चल्ने प्रदर्शनीमा काठमाडौंमा ११५ वटा स्कुलका कक्षा ८ देखि १२ सम्मका विद्यार्थीले अवलोकन गर्ने छन् । २० हजार विद्यार्थीले अवलोकन गर्ने अपेक्षा टेक्सस कलेजको छ।

हेर्नुहोस् थप तस्वीरहरू : 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?