+
+
Shares

टेक्सस कलेजमा रिसर्चको कुम्भ मेला

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ २० गते १९:४६

काठमाडौं । टेक्सस कलेजले दोस्रो ‘नेसनल कन्फ्रेन्स’ को आयोजना गरेको छ ।

टेक्ससका कार्यकारी प्रमुख भेषराज पोखरेलका अनुसार उच्च शिक्षामा व्यवस्थापन, प्रविधि, सुशासन र दिगो विकासको थिममा सेमिनारको आयोजना गरिएको बताए ।

‘यो एकेडेमियन्स र रिसर्चरको कुम्भ मेला हो,’ उनले भने ।

विश्वविद्यालय अनुदान आयोग र त्रिभुवन विश्वविद्यालयको सहयोगमा सेमिनारको आयोजना गरिएको हो । जसमा टेक्ससका रिसर्चर, स्कलरर्स र विद्यार्थीको पनि सहभागिता थियो ।

एक दिने सेमिनारमा ५० जना प्राज्ञले विभिन्न विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए ।

सेमिनारमा आईटी, साइबर सेक्युरिटी, म्यानेजमेन्ट लगायतका मुख्य विषयमा प्राज्ञले प्रस्तुत गरेका थिए ।

अहिलेको ज्ञानमा थप नयाँ आयमको खोजी गर्न कार्यक्रमको आयोजना गरिएको हो ।

‘ज्ञानमा थप खोजी गर्ने उद्देश्य हो,’ पोखरेलले भने, ‘यो सेमिनारबाट आएको निष्कर्षलाई टेक्ससको शैक्षिक गुणस्तरमा थप टेवा पुर्‍याउने छ ।’

सेमिनारमा देशको उच्च शिक्षाको गुणस्तरबारे पनि विमर्श भएको छ । कार्यक्रममा विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष देवराज अधिकारी, त्रिविका उपकुलपति दीपक अर्याल, काठमाडौं विश्वविद्यालयका उपकुलपति अच्युतप्रसाद वाग्ले लगायतको सहभागिता थियो ।

उनीहरूले टेक्सससँग सहकार्य गरेर जाने प्रतिबद्धता जनाएका थिए । नयाँ युग अनुसारको शिक्षामा रुपान्तरणको आवश्यकता रहेको प्राज्ञहरूले औंल्याएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?