
News Summary
Generated by OK AI. Editorially reviewed.- टेक्सस कलेजका प्रथम सेमेस्टर बीआईटी विद्यार्थीले शनिबार जरसिंह पौवामा एरोनोटिकल ट्रायल फ्लाइट सफलतापूर्वक सम्पन्न गरेका छन्।
- विद्यार्थीहरूले ३० घण्टाको सैद्धान्तिक र ३० घण्टाको प्रयोगात्मक तालिमपछि १५ वटा एलओटी र रोबोटिक्स परियोजना निर्माण गरेका छन्।
- कलेजले २३ साउनमा प्राङ्गणमा परियोजना प्रदर्शनी आयोजना गर्ने र उडान पुनः प्रदर्शन गर्ने योजना बनाएको छ।
काठमाडौं । टेक्सस कलेज अफ म्यानेजमेन्ट एन्ड आईटी अन्तर्गत बीआईटी कार्यक्रमका प्रथम सेमेस्टरमा अध्ययनरत विद्यार्थीले शनिबार जरसिंह पौवामा सफलतापूर्वक एरोनोटिकल (विमान) ट्रायल फ्लाइट सम्पन्न गरेका छन् ।
कार्यक्रम उद्घाटन शंकरापुर नगरपालिकाका मेयर रमेश नापित तथा उपमेयर समीता श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कलेजले जनाएको छ ।
कलेजका अनुसार विद्यार्थीहरूले कलेजमा ३० घण्टाको सैद्धान्तिक तालिम तथा प्रयोगशालामा थप ३० घण्टाको प्रयोगात्मक प्रशिक्षण प्राप्त गरेका थिए । कुल ६० घण्टाको प्रशिक्षण अवधिमा विद्यार्थीहरूले एलओटी तथा रोबोटिक्स सम्बन्धी १५ वटा परियोजना निर्माण समेत सम्पन्न गरेका छन् ।
ती परियोजनाहरूको प्रदर्शनी २३ साउनमा कलेजको प्राङ्गणमा आयोजना गरिने छ ।
शनिबार परीक्षण गरिएको विमानमा एक इन्जिनसहित उडानका लागि आवश्यक सम्पूर्ण यन्त्र जडान गरिएको थियो । कलेज प्रशासनले २३ साउनमा हुने प्रदर्शनीमा सबै उडान पुनः प्रदर्शन गर्ने योजना बनाएको जनाएको छ ।
दुई वटा विमानको परीक्षण उडान सफलतापूर्वक सम्पन्न गरिएको थियो, जुन विद्यार्थीहरूको अथक परिश्रम र सिर्जनशीलताको प्रतिफल स्वरूप सम्भव भएको जनाइएको छ ।
प्रतिक्रिया 4