+
+
Shares

के च्याट जिपिटीले मानिसलाई बनाउँदैछ धोकेबाज ?

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज २५ गते २०:४६

नेचर पत्रिकामा प्रकाशित एक नयाँ अध्ययनले च्याट जिपिटी जस्ता एआई टूलहरूले विभिन्न अनैतिक कार्यहरू गर्नका लागि मानिसहरूलाई सहज बनाउन सक्ने खुलासा गरेको छ ।

शोधकर्ताहरूका अनुसार मेसिनको माध्यमबाट मानिसहरूले धोकाधडी वा अन्य अनैतिक कामहरू निकै सजिलोसँग गर्नसक्दछन् किनकि एआईमा मानिसमा जस्तो कुनै नैतिक वा मनोवैज्ञानिक बन्धनहरू हुँदैनन् ।

एआई भर्सेस मानिस : नैतिकतामा भिन्नता

अध्ययनमा के पाइएको छ भने मानिसले केवल २५ देखि ४० प्रतिशत मात्रै अनैतिक निर्देशनहरूको पालना गर्दछ । जबकि जिपिटी ४, जिपिटी ४य , क्लाउड ३.५ सोनेट तथा लामा ३.३ जस्ता एआई मोडेलहरूले चाहीँ ६० देखि ९५ प्रतिशत सम्म त्यस्ता निर्देशनहरू पूरा गर्दछ ।

आफ्नो शोधका क्रममा शोधकर्ताहरूले खासगरी दुईवटा क्षेत्रमा ध्यान केन्द्रित गरे । जसमा कर छली र जुवाजस्ता खेलमा हुने धोकाधडी संलग्न थिए ।

शोधकर्ताहरूका अनुसार मेसिनहरूले बेइमानीको नैतिक मूल्यलाई कम गर्दछ र मानिसलाई सम्भावित इन्कारीको सम्भावना प्रदान गर्दछ ।

शोधकर्ता भन्छन् : जबजब इन्टरनेटसँग जोडिएका मानिसहरूले एआईएको प्रयोग पाउनेछन्, उनीहरूले विना कुनै प्राविधिक विज्ञता नै व्यापक कार्यहरू एआईलाई सुम्पिनेछन् । यसबाट अनैतिक व्यवहार बढ्न सक्दछ, जसको कारण दुर्भावना नभई नैतिक तथा व्यवहारिक बाधाहरूमा हुने कमी रहनेछ ।

शोधकर्ताहरूका अनुसार मानिसहरू आफैले अनैतिक काम गर्नुको साटो मेसिनबाट अनैतिक काम गराउने सम्भावना अधिक हुन्छ ।

शोधकर्ताहरूका अनुसार यस्तो परिस्थितिलाई कम गर्नका लागि एआई कम्पनीहरूले अबलम्बन गरेका विद्यमान सुरक्षाका उपायहरू पर्याप्त छैनन् । त्यसैले प्राविधिक सुरक्षालाई थप मजबुत बनाउनुका साथै मेसिन डिजाइनलाई सामाजिक र नियामक नियन्त्रणसँग जोड्ने व्यापक व्यवस्थापन ढाँचा तयार गर्नुपर्ने विज्ञहरूको सुझाव छ ।

वास्तवमा एआई टूलहरूको बढ्दो प्रयोगले कामहरू गर्न सहज त हुनेछ, तर नैतिक जिम्मेवारीहरू पनि बदलिनेछन् । त्यसैले एआईको विकाससँगै यसको नियमन र प्राविधिक सुरक्षामा ध्यान दिनु निकै जरुरी रहेको विज्ञहरूको सुझाव छ । एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?